नेपालमा थप १०१ जनामा कोरोना संक्रमण, २८५ जना डिस्चार्ज

काठमाडौं
शुक्रबार नेपालमा १०१ जनामा कोरोना संक्रमण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितको संख्या १७ हजार ४४५ पुगेको छ ।

शुक्रबार ४ हजार ६८८ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।त्यस्तै २ सय ८५ जना डिस्चार्ज भएका छन् । हालसम्म ११ हजार ५ सय ३४ जना डिस्चार्ज भइसकेका मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल ५ हजार ८७१ जना संक्रमित आइसोलेसनमा उपचाररत छन् । क्वारेन्टिनमा २२ हजार ७ सय ५६ जना रहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *