नयाँ पुलमा पहिरो खस्दा लोकमार्ग अवरुद्ध

डम्मर बुढा मगर, बागलुङ
मध्य पहाडी लोक मार्ग अन्तरगत कुश्मा–बागलुङ खण्डमा पहिरो झर्दा सडक अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै सडक माथिदेखि झरेको पहिरोले सडक अवरुद्ध बनाएको हो । पर्वतको कुश्मा नगरपालिका वडा नम्बर १ नयाँपुलमा सडक माथिदेखि पहिरो झर्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो ।

सोमबार राति साढे ९ बजे तिर ठूलो ढुङ्गासहित झरेको पहिरोले सडक अवरुद्ध बनेपछि म्याग्दी र बागलुङबाट काठमाण्डौ पोखरा संचालन हुने ठूला यायातात ठप्प भएको रेग्मीको भनाई छ ।

साना गाडी संचालन भएपछि सडकमा ठूलो ढुङ्गा खसेको हुँदा ठूला साधानहरु संचालन हुन नसकेको प्रवक्ता रेग्मीको भनाई छ । सडक खुलाउने प्रयास जारी रहेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *