पहिरोले अवरुद्ध बनेको लोकमार्ग ११ घण्टा पछि खुल्यो तर ठूला सवारी अझै समय लाग्ने

डम्मर बुढा मगर, बागलुङ
अवरुद्ध बनेको मध्य पहाडी लोकमार्ग अन्तरगतको कुश्मा–बागलुङ सडक खण्डमा ११ घण्टापछि साना सवारी साधान मात्र संचालनमा आएका छन् ।

अविरल वर्षासँगै सडक माथिदेखि झरेको पहिरोले सोमबार राति साढे ८ बजेदेखि सडक अवरुद्ध बननेको थियो ।

राति सडक संचालन गर्न प्रयास गरे पनि अविरल वर्षाको कारणले खुलाउन नसके भन्दै आज विहान नै देखिको प्रयासले साना साधान संचालनमा ल्याउन सफल भएको जिल्ला ट्राफिक कार्यालय पर्वतका सई कृष्ण खड्काले बताउनुभयो ।

माटो सहित ठूलो ढुङ्गा सडकमा झरेपछि म्याग्दी र बागलुङबाट काठमाण्डौ पोखरा संचालन हुने ठूला यायातात ठप्प भएका थिए । डोजर लगाएर साना गाडी संचालन गरे पनि ठूला गाडीहरु संचालनमा आउन कही समय लाग्ने उहाँको भनाई छ ।

This image has an empty alt attribute; its file name is IMG_0530-627x418.jpg


सडक खुलाउने प्रयास जारी रहेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *