बाढीको त्रासमा मालढुङ्गाका माझी (भिडियो रिपोर्ट)

डम्मर बुढा मगर, बागलुङ
अविरल वर्षाका कारण नदीहरुमा पानीको बहाव बढ्ना थालेसँगै तटीय क्षेत्रका बस्तीहरु उच्च जोखिममा परेका छन् । बागलुङ तथा पर्वत मालढुङ्गा आसपासमा रहेका कालीगण्डकी किनारका माझी बस्ती पनि बाढीको उच्च जोखिममा परेका छन् ।

केहि दिनदेखिको निरन्तर वर्षाले नदीहरुमा पानीको बहाव बढेको छ । जसले गर्दा कालीगण्डकी किनारमा रहेका बस्तीहरु बाढीको उच्च जोखिममा परेका छन् । बागलुङ तथा पर्वत मालढुङ्गामा रहेका कालीगण्डकी किनारका माझी बस्ती पनि बाढीको उच्च जोखिममा परेका छन् ।

हिँउँदको समयमा क्रसर संचालक तथा बालुवा उठाउने ठेकेदारहरुले मनोमानी ढंगले डोजर चलाएरर बालुवा झिक्ने गर्दा अहिले आफुहरुको बस्ती जोखिममा परेको स्थानीय धनीकला थापाको गुनासो छ ।

‘बारैमास साउहरुले गण्डकीमा भेकुम (डोजर) चलाउँछन्, बर्खा लाग्यो भने बाढी जति हाम्रो घरमा आउँछ,’ उहाँले भन्नुभयो ‘सरकारले पनि रोक्दैन, घर बगाउँछ कि भन्ने चिन्ताले सताउँछ ।’

धनिकला थापाले भने जस्तै हिउँद वर्षाको समय कालीगण्डकीमा बालुवा झिक्नेको भीड देखिन्छ । यसतर्फ पर्वत तथा बागलुङ दुवै जिल्लाका प्रशासन मौन देखिन्छन् ।

पानी पर्दा बस्तीनै बगाउने डरले बेला बेलामा नदीको बहाव कति छ भनेर हेरिरहने र जागराम बस्ने गरेको स्थानीय प्रकाश माझीको भनाइ छ ।

‘साना–साना बच्चा छन्, रातिभर पानी प¥यो भने उनीहरुलाई पनि सुत्न नदिई जागराम बस्ने गछौँ,’ उहाँले भन्नुभयो ‘बाढि र पहिरो आएर कति बेला बगाउने हो ।’

हरेक वर्ष नदी किनारका बस्ती ढुवानमा पर्नाको कारण जथाभावी नदीको दोहन गर्नु नै हो । कालीगण्डकीमा हुने अवैध दोहन कुनै पनि निकायले अहिलेसम्म रोक्न सकेको छैन । नदी दोहन नरोकिएसम्म तटीय क्षेत्रका बासिन्दा त्रासैत्रासमा बस्नु पर्ने हुँदा सम्बन्धित निकायले यसतर्फ बेलैमा ध्यान दिनु जरुरी छ ।

हेर्नुहोस् (भिडियो रिपोर्ट)

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *