बागलुङका खेलाडीलाई राहत

डम्मर बुढा मगर, बागलुङ
अखिल नेपाल फुटबल संघ केन्द्रीय कार्यालय ललितपुरको आर्थिक सहयोग र जिल्ला फुटबल संघ बागलुङ संयोजनमा बागलुङका खेलाडीहरुलाई राहत वितरण गरेको छ ।

विश्वभर महामारीका कारण रुपमा फैलिएको कोरोना भाइरसकाे कारण प्रभावित बनेका खेलाडीहरुलाई राहत स्वरुप प्रति खेलाडिलाई ४/४ हजारका दरले राहत वितरण गरिएको जिल्ला फुटबल संघ बागलुङले जनाएको छ ।

राहत कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले केही समय अगाडी मनोरञ्जन र स्वास्थ्यको लागि खेलिने खेल अहिले राष्ट्रको पहिचानको रुपमा स्थापित हुन थालेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is IMG_0670-627x418.jpg
राहत ग्रहण गर्दै खेलाडी


सांसद सापकोटाले खेल समृद्धिको आधार भएको भन्दै विगतका तुलनामा यस क्षेत्रमा धेरै परिवर्तन आएको बताउनुभयो । उहाँले यसको विकास गर्ने मुलुकको दायित्व भएको उहाँको तर्क छ ।

कार्यक्रममा पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष, जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष धन बहादुर परियार लगायतले मन्तव्य राखेका थिए ।

जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले कोरोना भाइरले खेल क्षेत्रमा ठूलो असर पुराएको र खेलाडीहरु प्रभावित भएको बताउनुभयो ।

उहाँले यस समयमा खेलाडीहरु समस्यामा परेको हुँदा उनीहरुको आत्मबल बढाउन र खेल क्षेत्रमा प्रेरित गर्नको लागि संघको संयोजनमा राहत रकम प्रदान गरेको बताउनुभयो

संघले जिल्लाका ४ महिला, १३ पुरुष खेलाडी र ४ जना अफिसिललाई राहत उपलब्ध गराएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *