कालीगण्डकी दोहन प्रकरणमा प्रहरीको ट्विस्ट ! (अडियो सहित)

बागलुङ प्रहरी भन्छ : मान्छे नियन्त्रणमा लिएको हो
पर्वत प्रहरी भन्छ : चाबी मात्र नियन्त्रणमा

डम्मर बुढा मगर, बागलुङ
कालीगण्डकी नदीको अवैध दोेहनको बिषयले पछिल्लो २४ घण्टामा फेरी तिव्र चर्चा पाएको छ ।
बागलुङ प्रहरीको स्थलगत अनुगमनकै क्रममा पर्वत खण्डमा नदी दोहन भइरहेको देखिए पछि समन्वय गरेर पर्वत प्रहरीले मंगलबार साँझ पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रत्यक्षदर्शीले डोजर सहित पक्राउ गरेको देखेको बताए पनि जिल्ला प्रहरी कार्यालय पर्वतले भने यसबारेमा कुनै जानकारी नभएको बतायो । तर, बुधवार दिउँसो भने बालुवा उत्खननमा सम्लग्न नभई डोजरको चाबी मात्र नियन्त्रणमा लिइएको स्वीकार ग¥यो ।

पहिलो दिन पक्राउ र चाबी नियन्त्रणमा समेत बेखबर रहेको जिप्रका पर्वत एकाएक भोलीपल्ट ट्विस्ट गरेर चाबी मात्र दिनुपर्ने बाध्यतामा किन पुग्यो ? भन्ने बिषय रहस्यमय र सोचनीय भएको अधिकारकर्मी राम शर्माले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी प्रमुख विश्वराज अधिकारीले भने डोजरको चालक भागेकाले चाबी मात्र नियन्त्रणमा लिएको दावी गर्नुभयो । ‘मान्छे नियन्त्रणमा लिएको होइन, मेसिनको चाबी मात्र हो,’ उहाँले भन्नुभयो ‘आवश्यक काम कारवाहीका लागि डोजर धनीलाई नियन्त्रणमा लिएर कारवाही गर्नको लागि जिल्ला समन्वय समितिमा पठाउने भनेका छौँ ।’

प्रहरीले नदी दोहन गर्दै गरेका पाँच जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक हेम केसीले बताउनुभयो । उहाँले आफूहरु सहित अन्य स्थानीयले पनि पक्राउ गरेको देखेको बताउनुभयो । ‘जेसिभी, स्काभेटर जम्मै खोलामा बालुवा उत्खनन गरिरहेका थिए, प्रहरीले उत्खनन गर्नेलाई पक्राउ गरेको हो, सबैले देखेका छन्’ उहाँले भन्नुभयो । प्रत्यक्षदर्शीले पक्राउ गरेको देख्दा देख्दै पर्वत प्रहरीले यसरी नदी दोहन गर्नेलाई संरक्षण गर्नुले नागरिकको प्रहरी प्रतिको विश्वास माथि नै गम्भीर प्रश्न खडा गरेको केसीको भनाई छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *