तीन दिनदेखि अवरुद्ध मध्य पहाडी लोकमार्ग अझै खुल्न सकेन, यात्रु अलपत्र (भिडियो रिपोर्ट सहित)

डम्मर बुढा मगर, बागलुङ
तीन दिनदेखि अवरुद्ध मध्य पहाडी लोकमार्ग अझै खुल्न सकेको छैन । लोकमार्गको बागलुङ–बुर्तिबाङ खण्ड अन्तरगत बोक्से गैह्रामा सकड माथिदेखि ठूलो पहिरो खस्दा अवरुद्ध बनेको छ ।

जिल्ला प्रशासन र लोकमार्गको सहकार्यमा पहिरो पन्छ्याउने कार्य भए पनि स्थानीयले अवरोध गरेका छन् । सकडभन्दा तल रहेको बस्ती जोखिममा पर्ने भन्दै स्थानीयले पहिरो हटाउन बाधा पु¥याएका हुन् ।

तीन दिनदेखि सडक नखुल्दा सयौँ यात्रुहरु बाटोमै अलपत्र परेका छन् । निरन्तर परेको वर्षाले समेत सडक खुलाउन समस्या भएको छ । दुई दिनदेखि बाटोमा अलपत्र पर्दा खाना बस्न निकै समस्या भएको भन्दै कोरोना संक्रमणको समेत डर भएको गाडी चाकल तुलबहादुर थापाले बताउनुभयो ।

सडक खुलाउँदा पहिरोको सबै माटो बस्तीमा माथि फालिने हुँदा बस्ती जोखिममा पर्ने भन्दै सडक खुलाउन नदिएको स्थानीय सुरज बहादुर रेग्मीले बताउनुभयो ।

रेग्मीले सडकमा झरेको सबै माटो अन्तै लगेर फाल्ने भए मात्र्र सडक खुलाउन दिने तर बस्ती माथि फाल्ने गरि काम गर्न नदिने जिकिर गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले अविरल वर्षाका कारण सडक खुलाउन नसको भन्दै सडक विभागसँग समन्वय गरेर पहिरो हटाउने बताउनुभयो ।

हिउँदाको सयममा पनि यात्रुहरुले सास्ती खेपिरहने बोक्से गैह्रोमा रहेक वर्षातको समयमा यस्तै समस्याहरु आइरहेका छन् । यस तर्फ सम्बन्धित निकायले तदारुकता देखाउन सकेको छैन ।

भिडियो रिपोर्ट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *