मालढुङ्गा नाकामा प्रहरीले अनावश्यक दु:ख दिएको व्यवसायीको गुनासो

तस्बिर :सुमन जिसी

डम्मर बुढा मगर, बागलुङ
निर्माण व्यवसायीले प्रहरीले अनावश्यक दुख दिँदै आएको गुनासो गरेका छन् ।

निर्माण व्यवसायीहरुले सामान ओसारपसार गर्दा बिल लिएर हिँडे पनि मालढुङ्गा प्रहरीले समयम–समयमा अनावश्यक दुःख दिने गरेको व्यवसायीको भनाई छ ।

लकडाउनको समयमा पनि प्रहरीले निर्माण व्यवसायीलाई दुख दिँदै आएको व्यवसायीको दुखेसो थियो ।

शुक्रबार पनि पर्वतबाट निर्माण सामग्री लिएर आउँदै गरेका सवारी साधानलाई रोकेर गलत मनसायले बिल माग्ने र काट्न लगाउने गरेको निर्माण व्यवसायी रुद्र बहादुर महतले बताउनुभयो ।

‘हामीले सबै सामानको बिल लिएर आउँछौँ, प्रहरीले अनावश्यक रुपमा गाडी रोकेर बिल काट्न लगाउने र दुख दिने गर्छ ।’ महतले भन्नुभयो ।

सबै पक्रिया पु¥याएर सामान लिए पनि प्रहरीले हस्तक्षेप गरेको उहाँको गुनासो छ ।

जिल्ला प्रहरी कार्यलय बागलुङका प्रहरी निरिक्षक हेम केसीले कतिपयले मूल्यभन्दा कम गराएर कर छली हुने गरि निर्माण सामग्री लिएर आएको हुँदा उनीहरुलाई फर्काएको बताउनुभयो ।

‘हामीले गाडी रोकेर बिल काट्न मिल्दैन, सामान लिएर आएका सवारी साधानहरु चेक गरेर निश्चित दर रेट भन्दा कम मुल्यमा सामग्री लिएर आएकाहरुलाई सही मुल्यको बिल लिएर आउन लगाएका हौँ । अधिकांशले निश्चित दर रेटभन्दा कममा सामान लिएर आउने गरेका छन् । प्रहरी निनरिक्षक केसीले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *