बागलुङ खनियाघाटमा सुख्खा पहिरो: स्काभेटर, ट्याक्टर र ट्रिपर पुरियो

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका वडा नम्बर १ गणेश घुम्ती तल निरय जाने बाटोमा सुख्खा पहिरो खस्दा ट्रिपर, ट्याक्टर र डोजर पुरिएको छ ।

शनिवार राति अचानक सुख्खा पहिरो खस्दा स्काभेटर सहित ट्याक्टर र ट्रिपर पुरिएको हो ।

पहिरोमा पुरिएर स्काभेटर चालक सिन्धुपाल्चोक घर भई बागलुङ रामरेखामा बस्दै आएका राजु माझी घाइते भएको घटनास्थलबाट जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक दिपक रिजालले आदर्श अनलाइनलाई जानकारी दिए । घाइते चालक माझी धौलागिरी अस्पतालमा सामान्य उपचार पछि घर फर्किस्केका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *