बागलुङका महिला संघ संगठनको एकै स्वरः थुनामुक्त कोइरालालाई जन्मकैद होस्

डम्मर बुढा मगर, बागलुङ

बागलुङका महिला संगठनले श्रीमतिको हत्यारा ठहर भइ जन्मकैदको सजाए पाएका सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोईराला थुनामुक्त भएपछि नेपाल न्याय क्षेत्र कमजोर बन्दै गएको बताएका छन् ।

पाँच महिला संगठनले आइतबार संयुक्त विज्ञप्ती जारी गर्दै जिल्ला अदालत काठमाण्डौ र पुनरावेदन अदालत पाटनले गरेको सर्वस्वसहितको जन्मकैदको फैसलालाई उल्टाई पूर्व डिआईजी कोईरालालाई जेल सजायबाट उन्मुक्ति दिएको भन्दै यसलाई तत्काल सच्चाउन माग गरेका छन् ।

संयुक्त विज्ञप्तीमा हत्या जस्तो जघन्य अपराधमा संलग्न कोईरालालाई जेल सजायबाट उन्मुक्ति दिनु गलत भएको र कोईरालले सजायबाट मुक्ति पाउनुले नेपालीको लोकतान्त्रिक विधि र पद्धति माथी नै प्रश्न चिन्ह उठेको उल्लेख छ ।

अखिल नेपाल महिला संघकी अध्यक्ष कुशुम बुढा, सावित्री राना, नेपाल महिला संघका अध्यक्ष शकुन्तला शर्मा, अखिल नेपाल महिला संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मी बास्कोटा, अखिल नेपाल प्रगतिशिल महिला संघका अध्यक्ष मञ्जु क्षेत्री र महिला संघ (राप्रपा)का अध्यक्ष सुनिता श्रेष्ठको हस्ताक्षर रहेको विज्ञप्तीमा ‘रक्षक नै भक्षक भई दिँदा ५१ प्रतिशत जनसंख्या ओगटेका महिलाहरु राज्यको न्याय प्रणाली प्रति नै शंसकित र त्रसित भएका छन्, अव न्याय माग्न कहाँ जाने ?’ विज्ञप्तीमा लेखिएको छ ।

पद, पैसा र शक्तिको दुरुपयोग गर्दै कोईरालालाई उन्मुक्ति दिईएको भन्दै त्यस्तो घृणित कार्य नगर्न, नगराउन र तत्काल सच्चाउन नेपाल सरकार समक्ष माग गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *