मध्यपहाडी लोकमार्गमा ठुला सवारी अलपत्र

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यको एक मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत बागलुङ खण्डको बोक्सेमा खसेको पहिरोका कारण ठूला सवारीसाधनहरु अलपत्र परेका छन् ।

लगातारको बर्षाका कारण पहिरो गएपछि साना मध्यपहाडीले एकतर्फी मात्रै सडक सञ्चालन गर्दा मालबाहक गाडीहरु भने बीच बाटोमै अलपत्र परेका छन् ।

गत मंगलबार बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिरो बिहीबार साँझ मात्रै एतर्फ खुलेको थियो । एक तर्फी खुलाइएको सडकमा साना सवारी जीप, कार सञ्चालनमा आएपनि खाद्यन्न सामाग्रीहरु ल्याएका एवं ढुंगा, सिमेन्ट, रड लगायतका सामान बोक्ने ट्रकहरु ८ दिन यता बोक्से छेउछाउमै रोकिएका छन् । मालबाहक ट्रक सहित पोखरा हिडेका सवारी चालक दलबहादुर परियारले सडक नखुलेपछि ८ दिन देखि ट्रकको बास भएको बताउनुभयो । “भएको पैसा खाएर सकियो, यतिका दिन भैसक्यो बाटो दुईतर्फी खुलाउन पटक–पटक आग्रह गर्दा समेत सम्बन्धित निकायले वास्ता नै गर्दैन, अब कहिले खुल्ने हो भन्ने पनि थाहा छैन ।” परियारले भन्नुभयो “लोकमार्गले ठूला सवारी सानलाई अलपत्रै बनाएको छ ।”

लोकमापहिरो ठूलो भएको र दुई तर्फी सञ्चालनमा ल्याउदा पुन सडक अबरुद्ध हुँने भएकाले एकतर्फीमात्रै सडक सुचारु भएको मध्यपहाडी पुक्ष्पलाल लोकमार्गका इन्जिनियर उज्जल शर्माले जानकारी दिनुभयो । साना सवारीका लागि बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाले बैकल्पिक सडक सुचारु गर्न थालेपनि ठूला सवारी साधनहरु बाटोमै अलपत्र पर्न थालेका हुन् ।

मध्यपहाडी लोकमार्ग आयोजनाले समेत सडक दुईतर्फी सूचारुका लागि ध्यान नदिदा यात्रु तथा चालकहरु रुष्ट बनेका छन् । यता स्थानीयबासीहरुले बस्ती जोखिममा पर्ने भन्दै माटो फाल्न नदिदा पनि सडक सञ्चालनमा आउन नसकेको बताएका छन् । मध्यपहाडी लोकमार्ग सडक भन्दा तल मानव बस्ती रहेकाले माटो फाल्दा बस्ती नै जोखिममा पर्ने भएकाले लोकमार्गको माटो अन्यत्र फाल्नका लागि आग्रह गरिएको स्थानीयन गिता रेग्मीले जानकारी दिनुभयो ।

जतिसक्दो सडकमा अलपत्र परेका ठूला सवारीलाई गन्तव्यममा पु¥याउन लोकमार्ग आयोजना कायाृलयलाई निर्देशन दिएको बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी शुरेस न्यौपानले जानकारी दिनुभयो । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्डमा पर्ने १४० किलोमिटर सडक मध्ये जिल्ला सदरमुकाम खण्डको २५ किलोमिटर सडक कालोपत्रे हुँन नसक्दा सयौं यात्रुले सास्ती खेपनु परेको समयमा सडक माथिबाट खसेको पहिरोले झनै समस्यामा पारेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *