गलकोट नरेठाँटीमा पहिरो : लोकमार्ग अवरुद्ध

आदर्श अनलाइन, बागलुङ
निरन्तर वर्षाका कारण गलकोट क्षेत्रका ग्रामीण सडकहरु अबरुद्ध बनेका छन् भने मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ ।

नगरपलिकाको वडा नम्बर २ नरेठाँटी स्थित निरन्तर रुपमा परिरहेको वर्षा सँगै सडक माथिबाट पहिरो खस्दा मध्यपहाडी लोगमार्ग पुर्ण रुपमा अवरुद्ध बनेको प्रवक्ता हिमबहादुर भण्डारीले जानकारी दिनुभयो ।

यस अघि गत साउन ७ गते सोहि ठाउँमा पहिरो झरेर लोकमार्ग अवरुद्ध बनेको थियो । पहिरो केहि रुपमा हटाएपछि लोकमार्गमा एकतर्फी सवारी सञ्चालनमा ल्याईएको थियो ।

सोमबार बिहान ८ बजे सोहि ठाँउमा पहिरो खस्दा पूर्णरुपमा लोकमार्ग अवरुद्ध भएको भण्डारीको भनाई छ ।

निरन्तर रुपमा वर्षा भैरहेकोले लोकमार्ग पहिरो हटाउन केहि समय लाग्ने भण्डारीले जानकारी दिनुभयो । पहिरो हटाएर सडक खुलाउनको लागि आफूहरु निरन्तर लागि रहेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *