गलकोटमा मोटरसाइकल दुर्घटना हुदाँ १ जना गम्भीर घाइते

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिका वडा नं ३ हटिया प्रहरी चौकी नजिक मोटरसाइकल दुर्घटना हुदाँ १ जना गम्भीर घाइते भएका छन् ।

गलकोट नगरपालिका वडा नं ३ हटिया देखि नरेठाँटि जाने क्रममा आज दिउसो ३ बजे र ३५ मिनेटमा प्रहरी चौकी हटिया देखि ५ सय मिटर पश्चिममा ध १ प ७७२९ नम्बरको मोटरसाइकल दुर्घटना हुदाँ गलकोट नगरपालिका वडा नं ६ का वर्ष २२ का अर्जुन नेपाली गम्भिर घाइते भएको हटिया प्रहरी चौकीले जनाएको छ । घाइते नेपालीको दायाँ बायाँ दुवै खुट्टा र टाउकोमा गम्भिर चोट लागेको छ ।

नेपालीको दायाँ खुट्टा भाँचिएको र टाउकोमा गम्भिर चोट लागेकाले इर्मेरजेन्सि पोलिक्लिनिक प्रा.लि हटियामा सामान्य उपचार प्श्चात पोखरा रिफर गरिएको ट्राफिक प्रहरी प्रदिप कुवँरले जानकारी दिनुभयो । मोटरसाइकल तिव्र गतिका कारण दुर्घटना भएको हुन सक्ने कुवँरले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *