पहिरोले पर्वत धाइरिङका दर्जन बढी घर जोखिममा

आदर्श अनलाइन, बागलुङ
पहिरोका कारण पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका दुई दर्जनभन्दा बढी घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउँमा खनेको अव्यवस्थित सडकका कारण घर जोखिममा परेका हुन् ।

लस्ती एकपाटे सडकको कारण बस्ती वरपरको जमिन भासिएपछी त्रासमा रात बित्ने गरेको जलजला गाउँपालिका ७ धाईरिङ चाउकाका विजय रिजालले बताए ।

पहिरोले घरगोठ जोखिममा परेकोले वर्षा हुँदा साथ छाता ओढेर खेतमा बस्न बाध्य भएको रिजालले बताए । जंगलको बिचमा विजय रिजाल र कुल प्रसाद रिजालको मात्रै घर भएकोले नजिक अन्य बस्ती नहुदा पहिरो गएको खण्डमा आश्रय लिने घर नभएको रिजालले बताए । सडकबाट पहिरो खसेकोले शौचालन प्रयोग गर्न नमिल्ने गरी चर्किएको छ भने घर वरपरको जमिन चकेकोले जुनकुनै बेला पहिरो खस्ने खतरा रहेको बिनोद रिजालले वताए ।

रिजालसँगै धाइरिङका खड्के परियार, सुवास परियार, गौमती परियार, राजु परियार, गोविन्दबहादुर केसी, शिशिर केसी, तारा केसी, यामनाथ पाध्या र डिलसेवा पाध्याको परिवार विस्थापित भएका छन् ।

पहिरोको डरले छिमेकी कहाँ शरण लिएर बसेको पीडित राजु परियारले बताए । सोही ठाउँका गोरे परियारको घर भत्किएको वडाध्यक्ष टुङ्गनाथ शर्माले जानकारी दिए ।

मिलनचोक–सल्यान–गुन्द्रेखेत–धारापानी सडक निर्माणका क्रममा फालिएको माटोसँगै आएको पहिरोका कारण ओमनारायण आचार्य, देउकली परियार, बालकृष्ण शर्मा, रामप्रसाद शर्मा, डिल्लीराम शर्मा, कमलबहादुर केसी, दिनेश नेपाली, श्रीकृष्ण आचार्य, भरत पौडेल, मनबहादुर परियार, भीम परियार र राजु परियारको परिवार विस्थापित भएका छन् ।

सडक निर्माणका क्रममा समयमै व्यवस्थित नाली निर्माण नहुँदा भलसँगै आएको पहिरोले उनीहरु बासस्थान छोड्न बाध्य भएका हुन् । सल्यान र किराखोरको बिचमा रहेको ठूलो पहिरोमा ढुङ्गा र माटोसहितको लेदो बगेका कारण केराबारीमा सडक अवरुद्ध हुने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *