बागलुङमा विपद् : चारको मृत्यु, एक वेपत्ता, ५४ घर भत्किए

अदार्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा विपद्को घटनाबाट असार यता मात्रै चार जनाको मृत्यु भएको छ भने एक जना वेपात्ता भएका छन् । यस्तै जिल्लाभर ५४ घर भत्किएका छन् भने सयौं घर पहिरोको उच्च जोखिममा रहेको जिल्ला प्रशासन कार्यालय बागलुङले जनाएको छ ।

अविरल वर्षा पछि साउन १० गते गएको पहिरोले बागलुङ नगरपालिका–१ रामरेखाको निरयघाटमा एक जनाको मृत्यु भएको र अर्का एक जना वेपत्ता रहेका छन् । वेपत्ताको प्रहरीले खोजी कार्य गरेपनि हाल सम्म फेला नपारेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । यस्तै १३ गते जिल्लाको तमानखोला गाउँपालिका–२ मा घर पहिरोका कारण भत्किदा दुई वालवालिकाको मृत्यु भएको छ । सोही दिननै निसीखोला गाउँपालिका–१ मा पाँच वर्षिय वालकको मृत्यु भएको छ ।

अविरल वर्षाका कारण पछिल्लो समय बागलुङमा विपद्का घटना बढ्दै गएका छन् । बाढी पहिरोका कारण बागलुङबा अधिकांश सडक अबरुद्ध भएका छन् । जिल्ला प्रशासनकार्यालयको तथ्याङ्क अनुसार बागलुङ जिल्लामा हाल सम्म ५४ घर भत्केका छन् भने जोखिम युक्त बस्ती पहिचानको कार्यलाई तिव्रता दिइएको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । “स्थानीय तह मार्फत जोखिममा परेका घरको विवरण मगाएका छौं” पन्तले भन्नुभयो “असार पछि राहतको नियम समेत अध्यावधिक भएको छ ।”

पन्तका अनुसार पहिरोमा ज्यान गुमाएका एक घरको एक जना छ भने रु दुई लाख र त्यस परिवारका थप मत्यु संख्याको आधारमा रु. एक लाख थप हुँनेछ । उहाँले घरमा क्षति पुगेका ५४ घर लाई रु. १५ हजारका दरले राहत वितरण गर्ने जानकारी दिनुभयो । जिल्लाका १० स्थानीय तहमा घर भत्केकाको विवरण आएपनि जोखिमा परेका घरको विवरण आइनसेको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । स्थानीय तहले जोखिम युक्त वस्तीको पहिचान तथा पहिरोको जोखिममा रहका घरको विवरण स्थानीय तहले संकलन गरिरहेको भन्दै स्थानीय तहलाई जानकारी गराउन पत्राचार गरिएको छ । जथाभावी रुपमा सडक निर्माण गर्दा पहिरोको जोखिम बढ्न थालेको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *