विश्वको लामो दाबी पुलमा पहिलो दिनमै नागरिकको भिड, कोरोना संक्रमणको जोखिम बढ्यो

डम्मर बुढा मगर, बागलुङ
बागलुङको बाङ्गेचौरदेखि पर्वतको पाङ जोड्ने गरि निर्माण भएको विश्वको सबैभन्दा लामो दाबी गरिएको पुल अवलाेकन गर्नेकाे भिड देखिएकाे छ ।

शुक्रबार मात्रै संचालनमा आएको पुलमा सयौँ संख्यामा नागरिकहरु पुुला वारपार गर्दा कोरोना संक्रमणको जोखिम बढेको छ । सम्बन्धित निकायको लापरवाहीले काेराेना भयाबहका बीचमै पुल संचालनमा ल्याउँदा कोरोना संक्रमण हुन सक्ने स्थानीयले बताएका छन् ।

बागलुङ नगरपालिकाका सूचना अधिकारी युक्तप्रसाद सुवेदीले यसलाई व्यवस्थापन गरेर चलाउने बताउनुभयो । उहाँले नागरिकको चाहना बढी भएको हुँदा तत्कालै संचालनमा ल्याएको बताउनुभयो ।

‘अत्यन्तै सतर्कता अपनाउनु पर्नेछ, हामीले सुरक्षा पोस्ट व्यवस्थापन गरेर मात्रै चलाउनु पर्छ भन्ने लागिरहेको थियो, यसको लागि केही समय लाग्थ्यो, पब्लिकको चाहाना पनि बढी भयो, तल पट्टी गाडी नचल्ने माथि पट्टी पुल खाली हुने त्यसो हुनाले सामान्य तरिकाले खुलाउने भनिएको हो, अहिले भिड बढ्यो, यसलाई व्यवस्थापन गर्छौँ ।’

सरकारले अनाश्वयक भिडभाडमा नजान र जानै परे माक्सको प्रयोग गरेर जाने भन्ने निर्देशन दिए पनि पुलमा जाने नागरिकहरु अधिकांशले माक्सको समेत प्रयोग नगरेको पाइएकाे छ । पुलमा खटिएका प्रहरी भने भिडभाड नियन्त्रण गर्नुको साटो मुकदर्शक बनेर बसेको छ ।

नागरिकको अटेरि र सम्बन्धित निकायको लापरवाहीले कोरोनाको जोखिम बढेको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले पुलमा भिड नियन्त्रण गर्नको लागि प्रहरी खटाएको बताउनुभयो । तर प्रहरी भने रमिते बनेको छ । प्रजिअ न्यौपानेले यसलाई व्यवस्थापन गर्नका लागि बागलुङ नगरपालिकाका मेयर जनकराज पौडेलसँग छलफल गरेको बताउनुभयो ।

पुलमा धेरै नागरिकको भिडभाड हुँदा पुल हल्लने समस्या समेत आएको पाइएको छ । यसरी ठुलाे भिड भएर अनियन्त्रित अवस्था रहे दुर्घटनाकाे जाेखिम समेत देखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *