निसीखोला र ढोरपाटनका विभिन्न स्थानमा पहिरोले १३ परिवार विस्थापित

आदर्श अनलाइन, बागलुङ
पश्चिम बागलुङको विभिन्न स्थानमा पहिरो १३ घर विस्थापित बनेका छन् ।

केही दिनदेखिको निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिका वडा नम्बर १ देविस्थान खाराका स्थानीय नरेन्द्र कुवँरको घर पुर्ण रुपमा क्षति प¥याएको छ भने छ भने बल बहादुर मल्लको घर आंशिक क्षति पुगेको छ ।


केही दिनदेखि परेको अविरल वर्षाका कारण खसेको पहिरोले खारा बजारका अन्य ७ घर विस्थापित भएको निसीखोला गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष इन्द्र मल्लले जानकारी दिनुभयो ।

त्यस्तै ढोरपाटन नगरपालिका ८ बोबाङ पेँयाबोटमा पहिरो जाँदा ४ घर उच्च जोखिममा रहेका छन भने सालझण्डी ढोरपाटन सडकको बुर्तिवाङ ढोरपाटन खण्ड अवरुद्ध भएको छ ।

शनिबार विहान खसेको पहिरोले स्थानीय काली विक पोप्ची विक, बाँवरी विक र रोशन विकको घर उच्च जोखिममा रहेका छन् ।

अहिले उनीहरु छिमेकीको आश्रयमा रहेका छन् । त्यस आसपासका अन्य स्थानहरुमा पनि पहिरो गैरहेकोले जनजीवन प्रभावित बनेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *