धौलागिरी अस्पतालमा स्वास्थ्यकर्मी आवास भवन निर्माण

आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पताल बागलुङले अस्पतालमा सेवारत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुका लागि सुविधा सम्पन्न आवास भवन निर्माण गरेको छ ।

गण्डकी प्रदेश सराकारको रु. दुई करोड पाँच लाखको लागतमा निर्माण गरिएको दुईवटा पक्की भवनमा १२ स्वास्थ्यकर्मीको परिवार बस्न मिल्ने धौलागिरी अस्पताल बागलुङले जनाएको छ । चिकित्सक आवासको अभावमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मीहरु नबस्ने समस्यालाई समाधान गर्न चिकित्सक आवास भवन निर्माण गरेको धौलागिरी अस्पताल बागलुङका सूचना अधिकारी तीर्थराज गौतमले जानकारी दिनुभयो ।

एक मेडिकल सुपरिटेण्डेन्टसहित २१ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा नयाँ निर्माण भएको स्वास्थ्यकर्मीको अवासले स्वास्थ्यकर्मिलाई सहज हुँने गौतमले जानकारी दिनुभयो । गौतमका अनुसार अस्पतालमा नयाँ निर्माण भएको १२ परिवारको आवास सहित ३८ भन्दा बढी स्वास्थ्यकर्मीका परिवार बस्न मिल्ने आवसहरु रहेका छन् ।

अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई सुविधा सम्पन्न आवासमा राख्दा अस्पतालले प्रदान गर्ने स्वास्थ्य सुविधालाई गुणस्तरीय बनाउन सहज हुने धौलागिरी अस्पताल बागलुङका अस्पताल विकास समितिका अध्यक्ष केबीराना मगरले जानकारी दिनुभयो । “अझैपनि कतिपय चिकित्सकहरुलाई भाडामा राखेका छौं” रानाले भन्नुभयो “गुणस्तरीय सेवाका लागि चिकित्सकलाई सेवा सुविधा दिनुनै पर्दछ, अस्पतालको आफ्नै अवास गृह हुँदा विरामीलाई आवश्यक अनुसार चिकित्सकले सेवा दिन सकिन्छ ।”

विगतका वर्षमा अस्पतालमा आएका चिकित्सक नबस्ने परिपाटी रहेकोमा हाल सबै चिकित्सक र स्वास्थ्यकर्मीका लागि सुविधा सम्पन्न आवासमा राख्दा सेवारत स्वास्थ्यकर्मीहरु लामो समयसम्म यहाँ बस्ने अपेक्षा अस्पतालले लिएको छ । दुई वर्ष पहिरा शुरु भएको आवास निर्माण बन्दाबन्दीकै बीचमा सम्पन्न भएर हस्तान्तरण गरिएको चिकित्सक आवास निर्माणको जिम्मा लिएको जुम्ली÷तिलक जेभीका आधिकारिक प्रतिनिधि भुपेन्द्र खड्काले जानकारी दिनुभयो ।

धौलागिरी अस्पतालले स्वास्थ्यको गुणस्तर वृद्धि गर्नका लागि स्वास्थ्यकर्मीको सेवा सुविधालाई समेत बढाउदै लैजाने भन्दै अस्पतालम स्वास्थ्यकर्मीका लागि गण्डकी प्रदेश सरकारको सामाजिक मन्त्रालयले बजेट विनियोजन गरेको थियो । पछिल्लो समय अस्पतालले भौतिक तथा आवश्यक उपकरणको जोहो गर्दै स्वास्थ्य सेवालाई विस्तार गरिरहेको छ । अस्पतालले हालैमात्र आफ्नै अक्सिजन प्लान्ट, लिफ्ट सेवा, आईसिय्ु सेवा लगायतका नयाँ सुविधाहरु थप गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *