समुदाय स्तरमा कोरोना परीक्षण गर्दै बरेङ

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्लाको बरेङ गाउँपालिकाले समुदाय स्तरमा कोरोना परीक्षण गर्ने भएको छ ।

गाउँपालिकाको कोरोना रोग रोकथाम उच्च स्तरीय समितिको बैठकले समुदाय स्तरमा कोरोना परीक्षण गर्ने निर्णय गरेको हो ।

समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको आशंकामा परीक्षण गर्न थालिएको गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद शर्माले जानकारी दिनुभयो ।

पालिका भित्र रहेका बढी भिडभाड हुने स्थान बैंक तथा बित्तिय संस्थाबाट, स्वस्थ्यकर्मी, सुरक्षाकर्मी, होटेल व्यवसायी, खाद्यान्न पसल, जनप्रतिनिधि, संचार गृह, शिक्षक, मजदुर तथा निर्माण व्यवसायी, सवारी चालक तथा विभिन्न कार्यलयका कर्मचारी लगायत ५० जनाको परीक्षण गरिने अध्यक्ष शर्माको भनाई छ ।
|
‘पहिलो चरणमा गाउँपालिका भरीबाट ५० जनाको परीक्षण गर्छौँ, त्यस पछि कस्तो जतिजा आउँछ,’ अध्यक्ष शर्माले भन्नुभयो ‘त्यसपछि संभावित जोखिमलाई मध्यनजर गरी परीक्षणको दायरा बढाउने छौँ ।’

परीक्षणको भोलीदेखि सुरु गरिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *