माक्स बिना बागलुङ प्रवेशमा रोक

आदर्श अनलाइन, बागलुङ
कोरोना संक्रमणको जोखिम बढ्न थालेपछि बागलुङमा उच्च सजगता अपनाउन थालिएको छ ।
लकडाउन खुलाइए पनि कोरोना संक्रमणको दर बढ्दै जान थालेपछि बागलुङ जिल्लाको मुख्य प्रवेश नाकामा कडाई गर्न गर्न थालिएको छ ।

यसका लागि मालढुंगा नाकामा पुनः हेल्थ डेक्सको व्यवस्थापन गरिएको छ । जिल्लाको मुख्य प्रवेशद्वार मालढुङ्गामा बागलुङ नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय सँगको समन्वयमा हेल्थ डेक्स मार्फत बिहिबार देखि पुनः चेकजाँच र निगरानीमा कडाई गर्न थालेको हो ।

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल, प्रमुख जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने, जिल्ला प्रहरी प्रमुख शारदाप्रसाद चौधरी लगायतको टोलीले बागलुङ प्रवेशमा अनिवार्य पास र माक्सको प्रयोगको कडाइ गर्न निर्देशन दिएको छन् । हेल्थ डेक्समा अनिवार्य बागलुङ प्रवेश गर्नेको तथ्याङ्क, स्थानीय तहको बिबरण उल्लेख गर्ने, थर्मल गनको सहायताले ज्वरो मापन गर्ने लगायतको कार्य पुनः शुरुवात गरिएको छ ।

बागलुङ माक्स नलगाई जिल्ला भित्रिन लागेका यात्रुलाई सम्झाई बुझाई र कतिपयलाई फर्काइएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । नेपालमा पुनः संक्रमण बढ्दै गएपछि बागलुङ जिल्ला सुरक्षा समितिले माक्स बिना बागलुङ जिल्ला प्रवेशमा रोक लगाउने निर्णय गरेको हो ।

केही दिन यता बन्दाबन्दी खुकुलो भए पनि पुनः संक्रमण दर बढ्ने भन्दै गृह मन्त्रालयले प्रत्येक जिल्लामा सर्तकता अपनाउन भने पछि बागलुङ जिल्ला प्रवेशमा कडाई गर्न थालिएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिनुभयो । उहाँले हेल्थ डेक्सलाई सक्रिय बनाउदै अनिवार्य पास बाहेकका सवारीलाई बागलुङ प्रवेशमा रोक लगाइएको र यात्रु सवारी चालक सबैलाई अनिवार्य माक्सको प्रयोग गर्न गराउन निर्देशन गरिएको प्रजिअ न्यौपानेको भनाई छ । माक्स नलगाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगर्नेलाई कारवाहीको दायरामा समेत ल्याइने प्रशासनले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *