बागलुङमा २६१ सक्रमित : हाल १६ जना मात्रै आइशोलेशनमा

आदर्श अनलाईन, बागलुङ
बागलुङमा गत चैत्रदेखि हाल सम्म जम्मा २६१ कोरोना सक्रमित पुष्टी भएका छन् भने निको भएर घर फर्कर्नेको २४४ पुगेको छ । विदेशबाट आएका र समुदायमा कोरोना फैलिएर सक्रमित भएएका २६१ जना मध्ये शनिबार राती सम्म २४४ जनाले कोरोना जितेर घर फर्केको स्वास्थ्य कार्यालयका प्रमुख सुरज गुरौले जानकारी दिनुभयो । यस्तै साउन २५ गते आइतबारसम्म १६ जना जना कोरोना सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेका छन् भने एक जनाको मृत्यु भइसकेको छ ।

बागलुङमा पहिलो पटक चैत्र १५ गते बेल्जियमदेखि आएकी १९ वर्षीय युवतीमा कोरोना पुष्टि भएको थियो । युवतीसँगै बेल्जियमदेखि बागलुङ आएकी ६५ वर्षीय महिलालाई चैत्र २० गते कोरोना सङ्क्रमण पुष्टि भयो । दुवै जनालाई धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा राखेर उपचार गरेपछि निको भएर घर फर्केलगतै बागलुङ सक्रमण मुक्त जिल्ला बनेको थियो ।

सरकारले पुन भारत र अन्य देशबाट नेपाली नागरिकको उद्दार थालेपछि सक्रमितको दर बढ्दै गएको हो । जिल्लामा हाल सम्म दुई हजार २१० जनाको पीसीआर र दुई हजार १४२ आरडीटी परिक्षण गरिएको छ । जम्मा सक्रमित संख्या मध्ये १० प्रतिशत मात्रे महिला रहेका छन् ।

बागलुङमा रहेका चार आइशोलेसन कक्ष मध्ये बुर्तिबाङको आइसोलेसन खाली भएको छ । जनस्वास्थ्यका सुरक्षा मापदण्डलाई कडाइका साथ पलना गर्नुका साथै दिन दैनिकीलाई सन्तुलनमा राख्न सके सङ्क्रमणबाट जोखिम कम हुने कार्यालय प्रमुख गुरौले उल्लेख गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *