भाडामा जग्गा लिएर व्यवसायीक तरकारी खेती

आदर्श अनलाईन, बागलुङ
म्याग्दी जिल्लाको बेनी नगरपािलका–९ काउलेगैडा निवासी शरु बस्नेत ८ वर्षदेखि बागलुङमा हुनुहुन्छ । परिवार सहित ८ वर्ष पहिले बागलुङ आएका बस्नेतले व्यवायीक रुपमै तरकारी खेती गर्न थालेको पनि ८ वर्षनै भयो ।

एउटी महिला, म्याग्दीबाट आएर बागलुङमा आएर व्यवसाय गर्ने कति ठुलो आँट, शरुलाई खुच्याउदै छिमेकीले भनेका थिए । तर घर छोडेर हिडेपछि गरेर देखाउनुपर्छ, कमाएर खानुपर्छ भन्ने आँट बोकेर श्रीमान श्रीमती मिलेर व्यवासयीक तरकारी खेती सुरु गरेको शरुको भनाई छ । शरुलाई उहाँका श्रीमान योगेन्द्र बस्नेतले हरेक काममा सघाउनु हुन्छ । बस्नेत दम्पतीले व्यवसायीक रुपमा तरकारी खेती गर्न अफ्ट्यारो नपरोस भनेर बस्नेत तरकारी फर्म दर्ता पनि गर्नुभएको छ ।

२०६९ बागलुङ नगरपालिका–३ मुलपानीमा ३ रोपनी जग्गा भाडामा लिएर व्यवसायीक तरकारी थाल्नुभएका बस्नेत दम्पतीले तरकारी व्यवसाय फस्टाउदै गएपछि हाल स्थानीयको २० रोपनी जग्गा भाडामा लिनुभएको छ । भाडाको जग्गामा १५ वटा टर्नेल र केही खुला रुपमा व्यवसायीक तरकारी उत्पादन गर्दै आएको शरुले बताउनुभयो । ‘भाडाको जग्गा लिएर व्यवसायीक तरकारी खेती गर्दै आएका छौं’ बस्नेतले भन्नुभयो ‘बन्दा बन्दी अगाडी सम्म राम्रै आम्दानी भएको थियो, अहिले अलि बजार कम भएको छ ।’ जग्गाको भाडामात्र वार्षिक दुई लाख छ ।

बस्नेतको तरकारी फर्ममा हाल सात वटा हाइटेक टर्नेल र आठ वटा परम्परागत टर्नेलमा बेमौसमी टमाटर, धनियाँ, साग, घिरौला र करेला रहेका छन् । अहिले भर्खरै सिमि र बोडी लगायतका तरकारी बेचेर सकिएको छ, बस्नेतले भन्नुभयो बन्दाबन्दीको समयमा भने धेरै तरकारी कुहिएर गयो । बस्नेत दम्पतीले तरकारी फर्मबाट वार्षिक १० देखि १२ लाख आम्दानी गर्दै आउनुभएको छ ।

तरकारी व्यसायमा विचौलियाको अन्त्य हुन पर्ने उहाँको धारणा छ । ‘हामीले वर्षभरी मेहनत गरेर तरकारी उत्पादन गछौं’ बस्नेतले भन्नुभयो ‘यहाँ बाट ५० रुपैयामा खरिद गरेको तरकारी बजार पुग्दा १५० पुग्छ, विचौलियाले एकै दिनमा एक सय कमाउछ, ।’ विचौलियाको कारणले व्यवसायमा सोचेजस्तो नाफा नभएपनि खान बस्न भने पुगेको उहाँको भनाई छ ।

तरकारीका साथ साथै फर्म बाख्रा पनि छन् । अलि पहिले सम्म १७ वटा बाख्रा थिए, भर्खरै बेचेर आजभोलि १० वटामात्रै रहेका छन् उहाँले भन्नुभयो । उहाँले प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना मार्फत गण्डकी प्रदेश सरकारले हाइटेक टर्नेल निर्माण गर्नका लागि ४ लाख अनुदान प्राप्त गरेको शरुले बताउनुभयो । उहाँले विचौलियाको अन्त्य भएमा आफु जस्ता अरु कृषकहरु पनि तरकारी व्यवसायमा लाग्ने बताउनुभयो ।

तरकारी फर्ममा हाल सम्म ३० लाख लगानी भइसकेको छ । उत्पादन भएको तरकारी बागलुङ बजार, गलकोट तथा वुर्तिवाङमा विक्रि हुँदै आएको छ । बजारको समस्या नभएपनि भनेजस्तो तरकारीले मुल्य नपाएको उहाँको गुनासो रहेको छ । उहाँले काउली, बन्दा तथा गोलभेडाको नर्सरीमा विरुवा समेत उत्पादन गर्नुभएको छ । उत्पादन भएको विरुवा पुन फर्ममै लगाइने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *