गलकोट रमुवामा यस वर्ष आलु उत्पादनमा कमी

फाइल तस्बिर

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानी रमुवामा यस वर्ष आलु उत्पादनमा कमी आएको छ ।

विगतका वर्षहरुको तुलनामा यस वर्ष आलुको उत्पादन घटेको रमुवाका किसान राजु विकले बताउनुभयो । अघिल्लो वर्षहरुमा आलु राम्रो उत्पादन भए पनि यस वर्ष अधिक वर्षा र असिनाले गर्दा आलु उत्पादनमा कमी आएको विकको भनाई छ ।

यस वर्ष करिब ७० प्रतिशतले आलुको उत्पादन घटेको गलकोट नगरपालिका वडा नम्बर १० पाण्डवखानीका वडा अध्यक्ष तिलक घर्तीले जानकारी दिनुभयो । खानको लागि स्वादिलो र बिउको लागि समेत राम्रो मानिने रमुवाको आलु बागलुङ बजार, हटिया, मल्म रिघा, काँडेबास, खरबाङ लगायतका ठाँउहरुमा खपत हुने गरेको घर्तिको भनाई छ । व्यवसायिक रुपमा आलु खेति गर्दै आएका किसानहरु यस वर्ष आलुको उत्पादन घटेपछि चिन्तित बनेका छन् ।

लगातारको वर्षा र असिनाका कारण आलु उत्पादनमा कमि आएको स्थानिय किसानहरु बताउछन् । रमुवामा करिब १ सय २५ घर परिवारले व्यवसायिक रुपमा आलु खेति गर्दै आएका छन् । विगतका वर्षहरुमा आलुको उत्पादन राम्रो भएकोले मनग्य आम्दानी गर्न सफल भएका किसान यस वर्ष भने आलु उत्पादनमा कमि आएपछि निराश भएका छन् । विगतका वर्षमा आलु उत्पादन राम्रो हुदाँ आलुको माग बढेको थियो स्थानिय किसान राजु विकले भन्नुभयो यस वर्ष पनि माग राम्रो आएको छ तर आलु भने माग अनुसार बजारमा पठाउन सकिएको छैन ।

यस वर्ष ह्वातै आलुको उत्पादन घट्दा बिउ मलमा लागेको खर्च समेत उठाउन नसकिएको बि.कले गुनासो गर्नुभयो । गलकोटको अन्य ठाँउमा मौसमी आलु खेति गर्ने गरिएको भएपनि रमुवा, थालेपोखरा लगायतका स्थानमा बैमौमसी आलु खेति गर्ने गरिन्छ । बैमौसमि आलु भएकोले पनि बजारमा आलुको माग बढ्दै गएको स्थानिय किसानहरु बताउछन् । आलु खोज्दै व्यापारीहरु बारी सम्म नै आउने गरेको भएपनि यस वर्ष आलुको उत्पादन घट्दा माग अनुसारको आलु पुयाउन नसकेको आलु किसानहरु बताउछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *