कुखुरा फिर्ता नगरे कारवाही गर्ने चेतावनी

फाइल तस्बिर

डम्मर बुढा मगर, बागलुङ
गत सोमबार बागलुङ बजार भित्रिएका अस्वस्थ कुखुरा फिर्ता लैजान बागलुुङ नगरपालिकाले निर्देशन दिएको छ ।

नगरपालिकाको अनुमति बेगर मासु व्यवसायीले बागलुङ बजारमा भित्राएका कुखुरा फिर्ता लैजान निर्देशन दिएको हो । व्यवसायीले भित्राएका ५०० ब्रोलइर कुखुरा मध्ये ३० वटा मरेको र ४० वटा बिरामी परेका थिए ।

मासु व्यवसायीले मरेको कुखुरा काट्दै गरेको स्थानीयले फेला पारेपछि नगरपालिका र प्रहरीलाई खबर गरेका थिए । उनीहरुले नागरिकको स्वास्थ्यमा असर पु¥याउने गरि बिरामी र मरेको कुखुरा बजार भित्राएर विक्री वितरण गर्न नपाइने भन्दै सबै कुखुरा नष्ट वा फिर्ता लैजानु पर्ने भन्दै आवाज उठाइरहेका थिए ।

बुधबार बागलुङ नगरपालिकाले मासु व्यवसायी ग्रीन शाहलाई पत्र लेख्दै सबै कुखुरा फिर्ता गर्न निर्देशन दिएको छ । नगरपालिकाको अनुमति बिना यसरी भित्र्याइएका कुखुरा फिर्ता गर्न र आगामी दिनमा यस्तो गैह्रजिम्मेवारी कार्य गरे कानुन बमोजिम कारवाही गर्ने चेतवनी दिएको छ ।

जिल्ला कमाण्ड पोष्टले बागलुङ भित्रिनको लागि अनुमति चाहिने भने पनि नगरपालिकाको अनुमति बेगर कुखुरा भित्रिदा प्रहरीमाथि प्रश्न उब्जिएको छ । मालढुङ्गामा रहेको प्रहरी पोष्टको कमजोरीले गर्दा अनुमति बिना गाडीहरु जिल्ला भित्रिने गरेको स्थानीयको गुनासो छ ।

स्थानीयले मालढुङ्गा प्रहरीले कडा निगरानी नगर्दा यस्ता घटनाहरु हुने गरेको गुनासो गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *