जैमिनीमा कोरोना जोखिमको बेवास्ता गर्दै तामझामका साथ पार्टी प्रवेश

आदर्श अनलाइन, बागलुङ

राजनीतिक दलहरुमा एकबाट अर्कोमा पार्टी प्रवेश गर्ने गराउने बिषय सामान्य र स्वभाविक भयो । तर, जिल्लाको जैमिनी नगरपालिकामा कोरोना संक्रमणको तिव्र जोखिम र भयावहका बीच ठुलो भिड र तामझामका साथ गरिएको पार्टी प्रवेशले भने भिन्न रुपमा चर्चा र आलोचना भइरहेको छ ।

मंगलबार साँझ नेपाली कांग्रेसले जैमिनी नगरपालिका–५ विनामारेमा जैमिनी नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलकै बिशेष उपस्थितिमा सामाजिक दुरी कायम नगरी भिडभाडका बीच नेकपा लगायतका पार्टी परित्याग गर्नेहरुलाई स्वागत गरियो । जब की केन्द्र सरकारदेखि स्थानीय सरकारहरुले समेत सार्वजनिक सभा समारोह, भिडभाड गर्न रोक लगाएको छ । पार्टी प्रवेश कार्यक्रमको फोटो तथा फेसबुकबाट लाइभ गरिएको भिडियोले पनि कोरोना जोखिममा पार्टी, स्थानीय तह र स्थानीयको केही बेवास्ता प्रष्टै देखिएको छ ।

जैमिनी नगरपालिकाका नगर प्रमुख इन्द्रराज पौडेलले आफू विनामारेमा विरामी परेका पूर्व पञ्चायतलाई भेट्न गएको र पार्टीका साथीहरुले त्यही क्रममा नगरपालिकाको विषयमा जानकारी गराउनुपर्ने कार्यक्रम समेत भएको जानकारी पछि त्यहाँ पुगेको बताउनुभयो । ‘स्थानीय उपस्थिति राम्रै थियो, माक्स प्रयोग गरिएको थियो’ मेयर पौडेलले भन्नुभयो–‘स्थानका कारणले बसाईमा समस्यामा भएको हुनसक्छ, अरु स्वास्थ्य सुरक्षामा ध्यान दिइएको जस्तो लाग्छ ।’

सरकार र पार्टीका गतिविधिबाट रुष्ट बनेका बिभिन्न पार्टीका स्थानीय नेता कार्यकर्ता परित्याग गरी काँग्रेसमा प्रवेश गरेको नेपाल विद्यार्थी सघंका पूर्व महामन्त्री हरिहर शर्माले फेसबुक मार्फत जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *