नगर खानेपानीको स्पष्टिकरणः धमिलो पानी बन्द या महुशुल फ्रि गर्छौ

डम्मर बुढा मगर, बागलुङ

बागलुङ बजारमा पछिल्लो केही महिना यता पानी नियमित नआउने र आए निकै धमिलो पानी आउने समस्याले उपभोक्ता आजित छन् ।

त्यही धमिलो पानी पनि लगातार दुई साता बढी समय आपुर्ति नभएकोमा उपभोक्ताको तिव्र गुनासो आए पछि बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाले सडक छेउबाट बग्ने पानी मुहानमा लगेर बितरण गरेको थियो ।

संस्थाको यस्तो गम्भीर लापरवाहीका बिषयमा समाचार सार्वजनिक भए पछि जिल्ला प्रशासन कार्यालयले तत्काल नगर खानेपानी संस्थालाई स्पष्टिकरण सोधेको थियो । जसमा आदर्श अनलाइनमा प्रकाशित समाचारको प्रतिलिपी समेत समावेश गरिएको थियो ।

प्रशासन कार्यालय बागलुङले नगरपालिकाले गत साउन १४ गते नगर खानेपानीलाई पत्र लेख्दै नियमित खानेपानी आपुर्ति, बितरित पानी पनि दुषित रहेको र यसमा भएको लापरवाहीका बिषय उल्लेख थियो । नगर खानेपानी उपभोक्ता संस्थाका प्रवन्धक हिमाल शर्माले बर्खाको समय भएकाले पानी धुमिल भएको स्वीकार गर्दै शौचालय र सरसफाईमा मात्र भए पनि प्रयोग गर्न सहजताका लागि बितरण गरिएको बताउनुभयो । ‘उपभोक्ताले उठाएका बिषय र प्रशासनले सोधेको स्पष्टिकरणमा हामीले प्रष्ट जवाफ दिएका छौ,’ प्रवन्धक शर्माले भन्नुभयो, ‘अहिले बितरित पानी धमिलो भएकाले बन्द गर्न भने पनि बन्द गर्छौ, होइन यो धमिलो भएकाले महुशुल शुल्क नलिनु भने पनि हामी सोही अनुसार गर्छौ । नयाँ आयोजना नबने सम्म नियमित र शुद्ध पानी असम्भव छ ।’

प्रशासनले पत्राचार सँगै स्थलगन अनुगमन समेत गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका सूचना अधिकारी धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । स्पष्टिकरण र अनुगमन पछि खानेपानी संस्थाले बजारमा आउने दुषित पानीलाई केही व्यवस्थापन गरेको बताउनुभयो । ‘बजारमा आउने खानेपानीमा लोकमार्ग छेउको ढलबाट बग्ने पानी मुहानमा मिसाएर बितरण गरेको समाचार पछि हामी पनि गम्भीर भएका थियौ, अहिले त्यसलाई केही व्यवस्थित गरेर मुलमा पाइप जोडेर ल्याइएको छ,’ सूचना अधिकारी पन्तले भन्नुभयो ‘हामीले त्यसको फ्लो–अप पनि गरेका छौ, अहिले केही सुधार त भएको छ, थप सुधार गर्नका लागि नयाँ सिडिओ सापले कार्यालयमा छलफलका लागि समेत बोलाउनुभएको छ ।’ बजारमा अहिले पनि निकै धमिलो पानी आउने गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *