पहिरोले पुरिएर निसीखोलाको कारिगाउँमा दुई बालकको मृत्यु

फाइल तस्बिर

डम्मर बुढा मगर, बागलुङ
निरन्तर वर्षाको कारण निसीखोला गाउँपालिका वडा नम्बर ५ कारी गाउँमा पहिरोले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ ।

शुक्रबार राति घर माथिदेखि झरेको पहिरोले स्थानीय हिराबहादुर विकको एक छोरा र एक नातीको मृत्यु भएको वडा नम्बर ४ का अध्यक्ष टिकानिधि पौडेले जानकारी दिनुभयो ।

पहिरोले विकको १३ वर्षीय छोरा विदेन्द्र विक र ६ वर्षीय नाती प्रवेश विकको पुरिएर मृत्यु भएको अध्यक्ष पौडेलको भनाई छ । रातको समयमा पहिरो झर्दा दुई बालक पुरिएको बताइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *