मध्यपहाडी लोकमार्गको निसीखोला खण्ड अवरुद्ध, दर्जनाैँ स्थानमा पहिरो

डम्मर बुढा मगर, बागलुङ
अविरल वर्षाका कारण बुर्तिबाङ रुकुम सडक खण्ड अवरुद्ध बनेको छ । केही दिनदेखिको निरन्तर वर्षाका कारण निसीखोला गाउँपालिकको विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध भएको हो ।

मध्यपहाडी लोकमार्गको निसीखोलाको अधिकांश क्षेत्रमा सडक माथिदेखि झरेको पहिरोले आवतजावतलाई गर्नै नसकिने गरि सडक क्षतविक्षत भएको स्थानी मानबहादुर कार्कीको भनाई छ ।
लोकमार्गको देविस्थान, खाडु, ढुवाँखोर, जुग्गाखोला लगायतका स्थानमा बस्ती समेत जोखिममा पर्ने गरि सडक अवरुद्ध भएको उहाँको भनाई छ ।

बर्तिबाङ बजारदेखि निसीखोला गाउँपालिका वडा नम्बर ५ को बडावनखोलासम्मको खण्डमा करिब दुई दर्जनभन्दा बढी पहिरोले सडक अवरुद्ध बनाएको गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले जानकारी दिनुभयो ।

मध्यपहाडी लोकमार्गले सडक कालोपत्रे गर्ने काम समते प्रभावित बनेको छ । सकडक छेउँमा रहेका आधा दर्जनभन्दा बढी घरहरु समेत पहिरोको उच्च जोखिममा परेका छन् ।

धेरै स्थानमा पहिराले सडक अबरुद्ध हुँदा खुलाउन सकेत कठिन भएको अध्यक्ष पौडलको भनाई छ । ‘हाम्रो गाउँपालिकामा पर्ने लोकमार्गको धेरै स्थानमा पहिरोले क्षातविक्षत बनाएको छ, खुलाउने कोशिस भए पनि निरन्तर वर्षाले गर्दा मुस्किल भएको छ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘बाढी, पहिरो र वर्षाले गर्दा लोकमार्गको कालेपत्रे गर्न कार्य समेत प्रभावित बनेको छ ।’

फोटो सामाजिक सञ्जालबाट

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *