रुघा खोकी लागेर अस्पताल पुगेकी बागलुङकी एक महिलामा संक्रमण

आदर्श अनलाइन, बागलुङ
कोरोनाको लक्षण देखापरेपछि धौलागिरी अस्पतालमा भर्ना भएकी एक महिलालाई संक्रमण पुष्टि भएको छ ।

शनिबार कोरोनाको लक्षण देखिएपछि अस्पताल भर्ना भएकी बागलुङ नगरपालिका वडा नम्बर ३ की ३२ वर्षीय महिलालाई कोरोना संक्रमण पुष्टि भएको धौलागिरी अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले बताउनुभयो ।।

रुघा, खोकी लागेपछि अस्पताल पुगेकी उनलाई कोरोना आशंकामा आइशोलेसनमा भर्ना गरिएको थियो । कोरोना आशंकामा स्वाब परीक्षण गर्दा सोमबार रिपोर्ट पोजेटिभ आएको गौतमले बताउनुभयो ।

संक्रमित महिलाको कुनै पनि ट्राभल हिस्ट्री नभएको अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *