नेवि संघले लगायो धवलागिरि बहुमुखी क्याम्पसमा ताला

आदर्श अनलाइन, बागलुङ
नेपाल विद्यार्थी संघले धवलागिरि बहुमुखी क्याम्पसमा ताला लगाएको छ ।

विश्व विद्यालयको पदाधिकारीसंग छलफलका लागि गएको नेविसंघका नेताहरुलाई पक्रा गरी झुटा मुद्दा लगाएको भन्दै नेविसंघले रिहाईको माग गर्दै क्याम्पसमा ताला लगाएको हो ।

सोमबार नेपाल विद्यार्थी संघ बागलुङ र धौलागिरि क्याम्पस ईकाई समितिले क्याम्पस प्रशासनको मुल गेटमा ताला लगाएका छन् ।

विश्वविद्यालयमा डिन लगायतका पदाधिकारी नियुक्ती नभएको र भएको पदाधिकारी नियुक्तीमा पनि कार्यक्षमता ज्येष्ठता लगायतका कुराहरु नहेरी मनपरी नियुक्ती गरिएको, कोरोना महामारीको विषयमा वैकल्पिक शिक्षण सिकाई क्रियाकलापलाई व्यवस्थीत बनाउनुपर्ने लगायतका विषयमा छलफलका लागि विश्वविद्यालयको पदाधिकारी भेट्न गएको बेला पक्राउ गरी मुद्दा लगाईएकाले निःशर्त रिहाई गर्न नेविसंघले माग गरेको छ ।

नेपाल विद्यार्थी संघ धौलागिरि बहुमुखी क्याम्पस इकाई समिति बागलुङका सभापति दिनेश पन्तले जारी गरेका प्रेस विज्ञप्तीमा सम्झना खत्री लगायत ८ जना विद्यार्थी नेतालाई तत्काल रिहाई गर्न माग गरिएको छ । खाली रहेका पदाधिकारी नियमानुसार नियुक्ती गर्न, झुटा मुद्दा लगाईएको प्रजातन्त्रवादी प्राध्याक तथा नेविसंघका नेताहरुलाई रिहाई गर्न माग गरिएको छ ।

छलफलमा लागि गएका विद्यार्थीलाई प्राज्ञिक मानमर्यादा बिर्सेर पक्राउ गराईएको नेविसंघको भनाई छ । नेविसंघले बिरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई राहत र क्षतिपूति दिन माग गर्दै गरिको प्रदर्शनमा धरपकड गरी पक्राउ गरेका विद्यार्थी नेताहरुलाई पनि तत्काल रिहा गर्न माग गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *