राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०१ वर्षको उमेरमा निधन

आदर्श अनलाइन, काठमाडौं
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। बुहारी विजेता घिमिरेका अनुसार राष्ट्र कविको उनकै निवासमा मंगलबार साँझ ५ : ५५ बजे निधन भएको हो।

लम्जुङको पुस्तुन गाउँमा १९७६ साल असोज ७ गते जन्मिएका घिमिरेको १०१ वर्षको उमेरमा मंगलबार निधन भएको हो । नेपाली साहित्यको मध्यकालदेखि आधुनिक कालसम्म उहाँको महत्वपूर्ण योगदान रहेको छ । घिमिरे नेपाली पद्य कवितामा सबैभन्दा धेरै लोकप्रिय छन् ।

उनका कथा, कविता, खण्डकाव्य, गीतिनाटक र अनुवाद लेखहरु प्रकाशित छन्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *