जिल्लाका आधा भागमा केन्द्रीय लाइन पु¥याउदै प्राधिकरण

आदर्श अनलाइन, बागलुङ

सडकले सुगम बनाएको जिल्लाको दुर्गम मानिएको पश्चिम क्षेत्रमा बिद्युतको केन्द्रिय प्रसारण लाइन पनि विस्तार थालिएको छ ।

यसका लागि जिल्लाको गलकोट हरिचौरमा नेपाल विद्युत प्राधिकरणले सव–स्टेशन निर्माण गरेको छ ।

बागलुङमा धमाधम केन्द्रिय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि सव–स्टेशन निर्माण भएको नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्रले जनाएको छ ।

२०७२ सालमा शुरु भएको ३ एमभिए क्षमताको सव स्टेशन निर्माण कार्य हालै मात्रै सम्पन्न भएको नेपाल विद्युत प्राधिकरण बागलुङ बितरण केन्द्रका प्रमुख इञ्जिनियर शिव नारायण गोशलीले जानकारी दिनुभयो । ‘बागलुङ हाल सम्म जम्मा ५५ प्रतिशत मात्रै केन्द्रिय विद्युतको पहुँच पुगेको छ’ गोशलीले भन्नुभयो ‘आगामी एक वर्षमा ९० प्रतिशत बढी विद्युतीकरण गर्ने योजनाका साथ काम गरिरहेका छौ, जसमा जिल्लाको पश्चिम क्षेत्र मुख्य केन्द्रित गरेका छौ, यसका लागि सव स्टेशन निर्माणले सहजता प्रदान गर्नेछ ।’

गलकोट हरिचौरमा निर्माण गरिएको सव स्टेशन बागलुङ बजार पछिको दोस्रो हो । बागलुङ जिल्लाको सबै गाउँमा विद्युतिकरण गर्न थप २ सव स्टेशन निर्माण गर्नुपर्ने भएकाले आवश्यक प्रक्रिया अगाडी बढाइएको गोशलीको भनाई छ ।

प्राधिकरणले जग्गा खरिद गरेर राखेको लामो समय पछि मात्रै सव स्टेशन निर्माण गरिएको हो । चार करोड रुपैयाँको लागतमा निर्माण भएको सव स्टेशन निर्माण शुरु भएको पाँच वर्षमा सम्पन्न भएको हो । गलकोट नगरपालिका–५ हरिचौरमा रहेको उक्त सव स्टेशन निर्माण पछि गलकोट, ताराखोला, बडिगाड तथा बुर्तिबाङमा विद्युत विस्तार कार्य भइरहेको छ । असार मसान्तमा सकिएको सव स्टेशन निर्माण भदौ १ गतेदेखि चार्ज गर्न थालिएको हो ।

रामरेखा सव स्टेशनबाटै विद्युत बाल्दै आएका गलकोटबासीलाई हरिचौरमा सव स्टेशन निर्माण पछि सहज भएको छ । ‘गलकोटमा केही समस्या आउँदा जिल्ला सदरमुकाम स्थित रामरेखा सव स्टेशनमा विद्युत बन्द गर्नुपर्ने समस्या थियो’ गोशलीले भन्नुभयो ‘गलकोट र गलकोट देखि अगाडि केही समस्या भएमा अब हरिचौर सव स्टेशनमै बन्द हुन्छ ।’

विद्युत प्राधिकरणले हाल गलकोटको अन्तिम विन्दु रिघा सम्म केन्द्रीय विद्युतको उज्यालो पुगेको छ भने बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ सम्म विद्युतको प्रशारण लाइन तान्ने कार्य सम्पन्न भएको छ । भदौ महिना भित्रै बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङमा केन्द्रिय विद्युतको पुहँच पुग्नेछ ।

बागलुङ वितरण केन्द्रले केन्द्रिय बिद्युतको पुहँच पुग्न थाले पछि बुर्तिबाङ बजारमा रिघा मनेवा सम्म बत्ती बलेको छ । विद्युतीकरण शुरु हुन लागेको पश्चिम बागलुङलाई लक्षित गरी भदौ १ गते देखि विद्युत महशुल तथा मिटर बितरण र डिडिङको काम गर्नका लागि ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङमा नेपाल विद्युत प्राधिकरण बागलुङ वितरण केन्द्र अन्र्तगतको महशुल संकलन केन्द्र सञ्चालनमा ल्याइएको गोशलीको भनाई छ ।

अहिले जिल्लाको बरेङ, ताराखोला, बडिगाड र बुर्तिवाङमा धमाधम विद्युतिकरण भइरहेको छ भने आगामी असार सम्म केन्द्रिय विद्युतको पहुँच नपुगेका तमानखोला र निसीखोला गाउँपालिकामा समेत विद्युत पु¥याइने प्राधिकरणले बताएको छ ।

अहिले पश्चिम बागलुङको गलकोटमा मात्रै पुगेको केन्द्रिय प्रशारण लाइन सव–स्टेशन निर्माण पछि अन्य पालिकामा पनि विस्तार गर्न सहज भएको छ । जिल्लाको अधिकांश क्षेत्रमा लघु जलविद्युतबाट विद्युत बाल्दै आएको बागलुङमा अबको एक÷दुई वर्ष भित्रै सबै घरमा केन्द्रिय पहुँच विस्तार गरिसक्ने प्राधिकरणको योजना छ ।

थप विद्युतिकरणका लागि कुश्मिशेरा र खरवाङमा नयाँ सव–स्टेशन आवश्यक भएकाले प्रकृया अगाडी बढाइएको छ । कुश्मिशेरामा प्राधिकरणले जग्गा खरिद गरेर नयाँ सव–स्टेशन निर्माणका लागि ठेक्का प्रकृयामा गइसकेको छ भने खर्वाङमा सव–स्टेशन निर्माणका लागि जग्गा खरिद गर्ने कार्य थालिएको छ । हाल रामरेखाको ११/३३ केभिए प्रशारण लाइनको सव–स्टेशनलाई क्षमता थप गरी ११ एमभिए क्षमताको बनाइएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *