नगर फोहोर विवाद : सम्झौतामा पुर्नविचार गर्न आग्रह

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाको फोहोर व्यवस्थापन गर्दै आएको धौलागिरी फोहोर व्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्थाले सम्झौता अवधि रहदै एकपक्षिय रुपमा सम्झौता रद्द गरिएको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संस्थाले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै यथेष्ट समन्वय बिना फोहोर व्यवस्थापन सम्झौता रद्ध गरिएकाले पुर्नविचार गर्न नगरपालिकाको ध्यानाकर्षण गराएको छ । सहकारीका अध्यक्ष सुधिर श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा एकलौटी ढंगले कुनै छलफलनै नगरी एक वर्ष सम्झौता अवधी कामय हुँदा समेत रद्द गर्नु अव्यवहारिक भएको उल्लेख छ ।

नगरपालिकाले २०७२ सालमा फोहोर व्यवस्थापनको जिम्मा सहकारी संस्थालाई दिएको थियो । नगरपालिकाले सम्झौता अनुसार काम नभएको भन्दै गत साउन ३२ गतेको नगर कार्यपालिकाको बैठकले सम्झौता रद्द गर्दै फोहोर व्यवस्थापन नगरपालिका आफैले गर्ने निर्णय गरेको थियो ।

सहकारीलाई थाहै नदिई कोरोना भाइरसको जोखिमका समयमा समेत अनवरत रुपमा फोहोर संकलन गरिरहे पनि सम्झौता रद्द गरिएको भन्दै आपत्ति जनाइएको छ ।

धौलागिरी फोहोर ब्यवस्थापन तथा वातावरण संरक्षण सहकारी संस्था र बागलुङ नगरपालिका बीच मिति २०७२/११/१२ देखि मिति २०७८ असार मसान्त सम्मका लागी बागलुङ बजारको फोहोर ब्यवस्थापन सम्बन्धि सम्झौता भई निरन्तर कार्य गर्दै आएको अवस्थामा विश्वब्यापी कोरोना महामारी हुँदा समेत संस्थाले ज्यान जोखिममा राखी बागलुङ बजारको फोहोर उठाई आम उपभोक्ताको हितमा काम गरेकै अवस्थामा उपभोक्ताको कुनै गुनासो नभएको अवस्थामा समेत सम्झौता रद्द गर्ने बिषय अस्वभाविक हो’ विज्ञप्तीमा भनिएको छ ।

बागलुङ नगरपालिका र संस्था बीच भएको सम्झौतामा नगरपालिकाले संस्थालाई ६ जना कर्मचारी र २ वटा गाडी उपलब्ध गराउने ब्यवस्था रहेको तर नगरपालिकाले मिति २०७६ साल देखि पहिलो चरणमा कर्मचारी र गाडी उपलब्ध नगराई असजिलो पार्दा समेत सहकारी संस्थाले आफ्नो कोषबाट बेहोर्ने गरी थप कर्मचारी र गाडी ब्यवस्थापन गरी फोहोर ब्यवस्थापन गर्दै आए पनि एक्कासी सम्झौता रद्द हुनु दुखद भएको सहकारीले जनाएको छ । नगरपालिकाले स्थानीय सरकारका नाताले छलफलका माध्यमबाट उक्त निर्णयमा पुर्नबिचार गर्न आग्रह गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *