संक्रमितको सम्पर्कका सहित थप ८ जनामा कोरोना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ

बागलुङमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बागलुङ नगरपालिकाका ६ जना र काठेखोला गाउँपालिकाका-२ जनामा कोरोना संक्रमण पुष्टि भएको नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो ।

संक्रमण देखिएकोमा अधिकांश बागलुङ नगरपालिका वडा नम्बर-३ हाडेपाखाको २३ वर्षीया महिलाको परिवारको सम्पर्कमा आएका र लमजुङबाट आएका नेपाली सेनाका जवानको सम्पर्कमा भएकाहरु रहेको खनालको भनाई छ ।

बागलुङ नगरपालिकामा संक्रमण पुष्टि भएकोमा बानपा–३ की एक बर्षिय बालिका, बुटवलमा तालिम सम्पन्न गरि विपद व्यवस्थापनमा आएका २१ बर्षिय नेपाल प्रहरी, नेपाली सेनाको लम्जुङ ब्यारेकमा कार्यरत रहि छुट्टीमा घर आएका बागलुङ नगरपालिका–१० का २८ बर्षिय सैनिक, भारतदेखि आएर क्वारेन्टाइनमा बसेका बानपा–८ का २४ बर्षिय एक जना पुरुष र संक्रमितको सम्पर्कमा आएका बानपा–३ का दुई जना महिला छन् ।

काठेखोलामा कोरोना संक्रमण देखिएकोमा स्वास्थ्य शाखामा कार्यरत सोमराज पाण्डेका अनुसार भारत चेन्नइबाट आएर भिमसेन प्रावि क्वारेन्टिन बिहुँमा बसेका काठेखोला १ का ३४ वर्षीय पुरुष हुन् भने अर्का काठेखोला गाउँपालिकामै कार्यरत ३१ वर्षीय इञ्जिनियर हुन् । उनी गत भाद्र २ गते काठमाण्डौबाट आएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *