पाेखरामा ९ वर्षीया बालिका बलात्कृत, अभियुक्त स्याङ्जाबाट पक्राउ

आदर्श अनलाइन, पोखरा

पाेखरा महानगरपालिका वडा नम्बर १० रामबजारमा ९ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बालिकाका अभिभावकले आफ्नै छिमकेकी पुरुषले यस्ताे जघन्य अपराध गरेकाे उजुरी कास्की प्रहरीमा दिएका छन् । प्रहरी श्राेतका अनुसार अभियुक्तलाई कास्की प्रहरीले पक्राउ गरेकाे छ ।

घटना भदाै ११ गतेकाे हाे । बलात्कारकाे घटना बालिकाकाे घर परिवारका सदस्यलाई थाहा भएकाे सुइकाे पाएपछि अभियुक्त फरार थिए ।

त्यसैले कास्की प्रहरीले घटना गुपचुप राखेर उनकाे खाेजी गरिराखेकाे थियाे ।प्रहरी श्राेतका अनुसार अभियुक्तलाई हिजाे स्याङ्जाबाट गिरफ्तार गरेर राती नै पाेखरा ल्याएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *