लागु औषधसहित पोखराबाट २ जना पक्राउ

आदर्श अनलाइन, बागलुङ 
पोखरामा ठूलो मात्रामा लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका १२ घर भई हाल पोखरा १७ विरौटा बस्ने २३ वर्षीय संजोक विक तथा विरौटा नै बस्ने २० वर्षीय सिलास विक ठूलो मात्रामा लागूऔषध सहित पक्राउ परेका हुन् । संजोक पेसाले ड्राइभर हुन् भने सिलासले सटिङको काम गर्छन् ।

प्रहरी उनीहरुको साथबाट ६ किलो १ सय ग्राम गाँजा तथा लागूऔषध तौलने मेसिन १ थान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी र मातहत प्रहरी कार्यालय प्रहरी चौकी भरतपोखरीबाट खटिएको टोलीले उनीहरुलाई हिजो राति साढे १० बजे ग ९ प ६०२८ नम्बरको पल्सर मोटरसाइकल सहित पक्राउ गरेको हो । घटनाका बारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *