बडिगाडखोलामा अवैध ढुङ्गा गिटी उत्खनन् गर्ने स्काभेटरसहित २ जना नियन्त्रणमा

कमल पौडेल, बडिगाड

अवैध रुपमा बडिगाड खोलामा उत्खनन् गरेको भन्दै बडिगाड गाउँपालिका ७, भिमगिठे नजिकै कालिरहबाट एक स्काभेटर सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बडिगाड खोलाको बगरमा अवैध गिट बालुवा उत्खनन् भैरहेको सुचनाका आधारमा स्थलगत रुपमा अनुगमन गर्दा भेटिएको हुण्डाई कम्पनीको २ सय २० सिसिको स्काभेटर सहित उत्खनन् गर्ने २ जनालाई नियन्त्रणमा लिई मंगलबार विहान पुनः प्रहरी कार्यालय आउने गरि छोडिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिए ।

विगत केही महिनादेखि स्थानीय छलि विक र गया विकको करिब ३ रोपनी जग्गा भाडामा लिई निसीखोला ७ का सुनिल कुँवर र रेशम पुनले सोहि स्थानमा अबैध गिट्टी, बालुवा उत्खनन् गर्दै आएका थिए ।

गत जेठ ३० गते विक परिवारसंग सम्झौता गरि जग्गा भाडामा लिएका सुनिल र रेशमले वडा कार्यालयबाट अनुमति समेत लिएको देखिएको छ । यद्यपी वडा कार्यालयबाट दिइएको अनुमतिमा गाउँपालिकाको नीति नियम र नेपालको कानुन बमोजिम यदि कुनै प्राविधिक तथा कानुनी जटिलता उत्पन्न भएमा सबै पक्ष बसी समन्वय गर्ने र गाउँपालिकाको निर्णय नै सर्वमान्य हुने लेखिएको छ ।

उता बडिगाड गाउँपालिकाले अहिलेको समयमा कसैलाइ पनि नदिजन्य पदार्थ उत्खनन् गर्न अनुमति नदिइएको जनाएको छ । वडाले दिएको सिफरिसमा आफुहरु अनविज्ञ रहेको प्रशासकीय अधिकृत थम्मन रेश्मीले बताए । गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले कानुनलेनै बर्जित गरेको विषय आफुहरुले अनमति दिने भन्ने विषय नै नभएको र अवैध कार्य जो कोहि भए पनि कानुनी दायरामा आउनुपर्ने बताए ।

गण्डकी प्रदेश सरकारले ढुङ्गा, गिट्टि, बालुवा उत्खनन, संकलन, क्रसिङ र विक्रि वितरण तथा क्रसर स्थापना र सञ्चालनलाई व्यवस्थित गर्ने कार्यविधि २०७५ मा असार १ गतेदेखि भाद्र १५ भित्र कुनै पनि नदिजन्य पदार्थ उत्खनन् गर्न नपाइने कानुनि व्यवस्था गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *