संक्रमितको सम्पर्कमा आएका थप एक जनामा काेराेना संक्रमण पुष्टि

आदर्श अनलाइन, बागलुङ
बागलुङमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङ नगरपालिका–१० का २५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो बागलुङ नगर स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयाे ।

उनी कन्ट्रयाक ट्रेसिङमा परेका हुन् । संक्रमित ती पुरुषलाई धौलागिरी अस्पतालको आईसोलेसनमा ल्याउने तयारी भैरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *