भुजीखोलामा बाढी आउँदा १० जना सम्पर्क बिहीन, दर्जन घर बगाएको आशंका

डम्मर बुढा मगर, बागलुङ
निरन्तर वर्षाका कारण भुजीखोला उर्लेर आउँदा एक दर्जन बढी घर बगाएको आशंका गरिएको छ ।

ढोरपाटन नगरपालिका वडा नम्बर ९ मा खहरे खोला उर्लेर आउँदा खोलो किनारका बस्तीहरु बगाउनुका साथै १० जना सम्पर्क बिहीन भएको इलाका प्रहरी कार्यालय बुर्तिकाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिनुभयो ।

रातिको समयमा खोला उर्लेर आउँदा कति क्षति भयो र कति बेपत्ता भए भन्ने एकिन हुन नसकेको भण्डारीको भनाई छ । राति करिब १२ बजे तिर आएको बाढी धेरै घर र मानिसहरु बगाएको हुन सक्ने आशंका गरिएको छ ।

खोलामा प्रहरीले एक जनाको आधा शरिर मात्रै फेला पारेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *