बागलुङ बाढी अपडेट : मृतक १४ मध्ये चारको पहिचान खुल्यो


–आदर्श अनलाईन, बागलुङ

बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको ७, ८ र ९ वडाको तटीय वस्तीमा भूजी खोलाको बाढी पस्दा मृत्यु हुँने १४ मध्ये चार जनाको पहिचान खुलेको छ । यस्तै बाढीमा वेपत्ता हुँनेको संख्या ३८ रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । शवको पहिचान खुल्नेमा केशमाया बि.क, कर बहादुर बि.क, जीवन बि.क र डल्लि बि.क रहनुभएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बाढीले ३१ घरमा पूर्ण र ७० भन्दा बढी घरमा आशिंक क्षति बनाएको छ ।

कसैको खुट्टा चुडिएको त कसैको टाउँको चुडिएको अवस्थामा शव फेला परेकाले पहिचानमा समस्या भइरहेको प्रहरीको भनाई रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *