बाढीग्रस्त ढोरपाटनमा राहत सहित गृहमन्त्री बादल

आदर्श अनलाइन, बागलुङ
बागलुङको ढोरपाटन नगरपालिका–७ भुजीखोलाको बाढी ग्रस्त क्षेत्रमा गृहमन्त्री रामबहादुर थापा राहत सामग्री सहित पुग्नुभएको छ ।

गृहमन्त्री बादल, सोही क्षेत्रबाट निर्वाचीत प्रतिनिधीसभा सांसद देबेन्द्र पौडेल र नेकपाका केन्द्रीय सदस्य बलावती शर्मा सहितको टोली नेपाली सेनाको हेलीकप्टरमा राहत सामग्री सहित ढोरपाटन आइपुगेको ढोरपाटन नगरपालिकाका मेयर देबकुमार नेपालीले बताउनुभयो । राहातमा अति आवश्यक खाद्यन्न, त्रिपाल, टेन्ट, म्याट्रेस लगाएतका सामग्री रहेका छन् ।

बिहीबार पनि बाढी ग्रस्त क्षेत्रको स्थलगत अनुगमनको लागि उडेको गृहमन्त्री सहितको टोली मौसम प्रतिकुलताको कारण बाटोबाटै र्फकिएको थियो ।

बुधबार मध्येरातमा खोलामा आएको बाढीले बगाएका मध्ये हालसम्म १४ जनाको शव भेटिएको छ । जसमध्ये ७ जनाको पहिचान खुलेको छ भने ७ जनाको पहिचान हुन बाँकी छ ।

पहिचान खुल्नेमा स्थानीय केशमाया बि.क, कर बहादुर बि.क, जीवन बि.क र डल्लि बि.क, रिम कुमारी घर्ती र दिमाया पुन र करमती बुढा रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक तथा सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । बाढीमा २४ जना वेपत्ता भएका छन् । बाढीले ३१ घरमा पूर्ण र ७० भन्दा बढी घरमा आशिंक क्षति बनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *