भूजीखाेला बाढीमा ज्यान गुमाएका १६ मध्ये एक जनाकाे अझै सनाखत हुन सकेन

आदर्श अनलाइन, बागलुङ
ढोरपाट नगरपालिका वडा नम्बर ९ को भूँजीखोलामा आएको बाढीमा परी ज्यान गुमाएको अझै एक जनाको पहिचान हुन सकेको छैन ।

बाढीले बगाएर मृत्यु भएका १६ जनामध्ये १५ जनाको पहिचान खुलेको छ । एक व्यक्तिको भने अझै पहिचान खुल्न नसकेको प्रहरीले बताएको छ । बाढीमा परी १६ जनाको मृत्यु भएको छ भने २२ जना अझै वेपत्ता छन् । आईतबार राती मात्रै एक शवको पहिचान खुलेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी राजेन्द्र रेग्मीका अनुसार आईतबार राती ढोरपाटन नगरपालिका–९ का २२ वर्षिय नारायण विकको पहिचान खुलेको हो । विकको शवलाई उनका पिता तुलबहादुर विकले सनाखत गरेका थिए । १४ जना मृतकको यस अघि नै सनाखत भएको थियो ।

वेपत्ताहरुको खोजी कार्य जारी रहे पनि अझै फेला पार्न सकिएको छैन । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र जनप्रतिनिधिले खोजी कार्य जारी राखेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *