ताराखोलामा चट्याङ लागेर एक जनाको मृत्यु, बाढीले ५ वटा झोलुङ्गे पुल बगायो

पूर्णभद्र निउरे, ताराखोला

चट्याङ लागेर ताराखोलामा एक जनाको मृत्यु भएको छ ।

वर्षासँगै परेको चट्याङ लागेर गएराती घरमै सुतिरहेको अवस्थामा ताराखोला गाउँपालिका वडा नम्बर ३ फिलमिरेका २२ वर्षीय भिमबहादुर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय ताराखोलाका प्रहरी नायव निरिक्षक युवराज सलमीले जानकारी दिनुभयो ।

चट्याङकै कारण घाइते भएका सोही स्थानका ३२ वर्षीय शुरेस थापा र वडा नम्बर ३ कै बराहखोला छइमका ध्रुव कँडेल घाइते भएका छन् । उनीहरु स्थानीय क्लिनिकमा उपचारपछि घर फर्किएको र मृतकको शव पोस्ट मार्टमका लागि गल्कोट प्राथमिक स्वास्थ केन्द्र हरिचौर लगिएको प्रहरीले जनाएको छ ।

त्यस्तै वर्षाका कारण ताराखोला ५ मपेश खोलाबाट आएको बाढीले खेतीयोग्य जमिन सङ्गै ५ वटा झोलुङ्गे पुलमा क्षती पुर्याएको छ । वडा नम्बर ५ को कमखोला घाट झोलुङ्गे पुल, वडा नम्बर ४ को मिच्चेक घाट झोलुङ्गे पुल र दोगाडी घाट झोलुङ्गे पुल बगाएको स्थानीय तम बहादुर घर्तीले जानकारी दिनुभयो ।

करिमेलाका पुर्णबहादुर रोकाको भैंसी बगाएको छ । खोला किनारामा रहेका बस्तीमा बाढी पसे पनि मानवीय क्षती नभएको वडा नम्बर ५ का वडा अध्यक्ष राम बहादुर रोकाले जानकारी दिनुभयो ।

बाढीले ताराखोला जलविधुत प्रसारण लाइनका पोलहरु समेत बगाएकोले विधुत अवरुद्ध भएको छ । वडा नम्बर ४ को दलानचौर मा रहेको काठको अस्थायी मोटरेबल पुलमासमेत क्षति पुर्याएकोले ताराखोलादेखि हरिचौर हटियासम्मको सडक पूर्ण रुपमा अवरुद्ध बनेको छ ।

वडा नम्बर ५ को सिन्जालिचोकदेखि करिमेला र मपेश खन्डमा मोटर बाटोमा बाढी पसेपछि मोटरबाटो समेत अबरुद्ध बनेको स्थानियले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *