ढोरपाटन बाढी पीडितलाई नेकपा बागलुङको सहयोग

आदर्श अनलाइन, बागलुङ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङले ढोरपाटन बाढी पीडितलाई आर्थिक सहयोग गरेको छ ।

पार्टीले बिहीबार ढोरपाटन नगरपालिकामा पुगि १९ लाखको ५८ हजार ७ सय ५६ रुपैयाँ नगर प्रमुखलाई हस्तान्तर गरेको छ ।

पार्टी सम्बद्ध विभिन्न संगठन र १० वटै पालिका समितिले संकलन गरेको उक्त रकम हस्तान्तरण गरेको जिल्ला अध्यक्ष इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।

जसमा बागलुङ नगरपालिका १ लाख ५० हजार, ढोरपाटन नगरपालिका ४ लाख ४३ हजार ४ सय, जैमिनी नगरपालिका ३० हजार, गलकोट नगरपालिका ३ लाख ९२ हजार १ सय ७६, ताराखोला गाउँपालिका २५ हजार, निसीखोला गाउँपालिका २५ हजार, तमानखोला गाउँपालिका २० हजार, काठेखोला गाउँपालिका १ लाख ६१ हजार, बडिगाड गाउँपालिका ८४ हजार ५ सय ७५, बरेङ गाउँपालिका २५ हजार, युवा विद्यार्थी २ लाख ३५ हजार ५ सय, अखिल नेपाल महिला संघ ८२ हजा १ सय ८५, उद्योग व्यवसायी ५० हजार, प्रध्यापक कर्मचारी, २६ हजार ५ सय, मुक्ति समाज ५ हजार २० रुपैयाँ सहयोग गरेका छन् ।

बाढीमा परि २१ मृत्यु भएको छ भने अझै १७ जना वेपत्ता रहेका छन् भने दजनौँ घरहरु बाढीले बगाएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *