पहिरोले पुरिएका युवाको शव फेला

आदर्श अनलाइन, बागलङ
बागलुङ जिल्लाकोे बडिगाड गाउँपालिकामा पहिरोले पुरिएर वेपत्ता भएका एक जनाको शव फेला परेको छ ।

बिहिबारदेखि परेको निरन्तर वर्षाको कारण खसेको पहिरोले बारीमा काम गर्दै आएका बडिगाड गाउँपालिका–१० निगलपानीका ३५ वर्षीय दानबहादुर घर्ती मगर आज विहान वेपत्ता हुनुभएको थियो ।

प्रहरी र स्थानीयको सक्रियतामा पहिरो पन्छाउँदा दिउँसो ३ वजे शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक दिपक रिजालले जानकारी दिनुभयो ।

घर्ती मगर आज विहान बारीको तरकारी खेतीको काम गर्दै गर्दा बारीमाथिबाट खसेको पहिरोले पुरेर वेपत्ता हुँनुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *