सर्तक रहन आग्रह गर्दै प्रमुख जिल्ला अधिकारीद्वारा आठ बुँदे आदेश जारी

आदर्श अनलाइन, बागलुङ
प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले कोरोना भाईरसको रोकथाम तथा नियन्त्रणका लागि आठ बुँदे आदेश जारी गरेका छन् ।

प्रजिअ न्यौपानेले शनिबार राती १२ बजेदेखि लागु हुनेगरी आदेश जारी गरेका हुन् । संक्रामक रोग ऐन २०२० अनुसार विभीन्न क्षेत्रको सञ्चालनमा कोरोना महामारीलाई ध्यानमा राख्दै निशेध गरिएको छ ।

आदेशमा अनावश्यक रुपमा घर बाहिर हिँडडुल गर्न नपाईने उल्लेख गरिएको छ । घरबाहिर जाँदा अनिवार्या रुपमा मास्कको प्रयोग गर्ने, दुई मिटर भौतिक दुरी कायम गर्ने, पटक पटक साबुन पानीले हात धुने तथा स्यानिटाईजरको प्रयोग जस्ता स्वास्थ्य सुरक्षा मापदण्डहरुको पूर्ण पालना गर्नुपर्नेछ ।

मानिसहरु भेला, जम्मा हुने, भिडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा, महोत्सव गर्ने तथा सबै धर्म संस्कृति, प्रचलन सम्बद्ध सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु तथा क्रियाकलापहरु अयाोजना गर्ने र सहभागी हुने पाईने छैन । यात्रुबाहक सार्वजनिक सवारी साधनहरु बस, माईक्रो बस सञ्चालन गर्न पाईने छैन ।

एम्बुलेन्स, दमकल, शब बाहन, स्वास्थ्य सुरक्षा न्यायिक कार्य, अत्यावश्यक सरकारी सेवामा प्रयाग हुने बाहेक अन्य सवारी साधनहरु निजी दुई पाङ्ग्रे समेत र ट्याक्सी,जीप जोर विजोर प्रणाली अनुसार जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्नुपर्नेछ ।

ट्याक्सी तथा निजी सवारी साधनहरुमा सिट संख्याको आधा मात्रै क्षमतामा यात्रु राख्न पाईनेछ । बिहान ६ बजेदेखि साँझ ८ बजेसम्म मात्र सञ्चालन गर्न पाईनेछ ।

क्याम्पस विद्यालय लगायतका सबै प्रकारका शैक्षिक संस्था, तालिम तथा प्रशिक्षण केन्द्रहरु, सिनेमा हल, पार्टी प्यालेस, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, स्पा, व्युटिपार्लर, शैलुन, फुटपाथ पसल, घरदैलो गरी विक्री गर्ने व्यवसाय, कवाडी संकलन लगायतका स्थलहरु खोल्न पाईने छैन ।

निशेधित बाहेक खाद्यान्न तरकारी दूध मासुपसल, फेन्सी, कस्मेटिक, इलेक्ट्रोनिक्स, पुस्तक पसल, हार्डवेयर लगायतका पसलहरु विहान ७ बजे देखि साँझ ७ बजेसम्म मात्र खोल्ने रेकी वा डोरी टाँगी विक्रेता र खरिदकर्ता बीचको दुरी कम्तीमा दुइ मिटर कायम गर्नुपर्नेछ । नेपाल सरकारले जारी गरेको जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड तथा पूर्व सावधानहिरुको पूर्ण पालना गरी गराई सरकारी तथा सार्वजनिक निकायका कार्यालयहरु, बैंक सहकारी, बीमा संस्थाहरु, लघुवित्त वित्तीय संस्थाहरु न्यूनतम कर्मचारीबाट सेवा प्रवाह गर्नुपर्नेछ ।

कामदार तथा सेवा प्रवाहलाई सुरक्षित बनाई सबै प्रकारका निर्माण कार्य तथा उद्योगहरु सञ्चालन गर्न सकिनेछ । जिल्ला बाहिरबाट मजदुर नल्याउने र ल्याउनैपर्ने भए ल्याउँदा पिसिआर परिक्षण रिपोर्ट आएको ७२ घण्टा भित्र प्रवेश गराउने गरी निर्माण व्यवासायीले अनुमति लिन पाउनेछन् ।
क्वारेन्टी सञ्चालन गरेका बाहेक होटल तथा रेष्टुरेन्ट र खाजा पसलहरुले टेक अवे सेवा मात्र साँझ ७ बजेसम्म सञ्चालन गर्न पाउनेछन् । पितृपूजा गर्ने, पर्वमा नाता, इष्टमित्र अतिथिहरुलाई निमन्त्रणा नगरी आफ्नो घर भित्र मात्रै सिमित राख्नुपर्नेछ ।

यो प्रतिवन्ध असोज ३ गते राती १२ बजेसम्म कायम रहनेछ । कोरोना भाईरसको जोखिम बागलुङ अझै पनि जारी रहेकाले विभीन्न क्षेत्रमाथि लगाईएको प्रतिवन्ध कायमै राखिएको प्रमुख जिल्ला अधिकारी न्यौपानले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *