विषाक्त रसायन मिश्रित सेनिटाइजर प्रयोग नगर्न आग्रह

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रशासन कार्यालय बागलुङले विषाक्त रसायन मिथालोन मिश्रीत ह्यान्ड स्यानीटाइजर खरिद तथा विक्री नगर्न आग्रह गरेको छ ।

प्रशासनले आइतबार बजार अनुगमन गर्दै स्यानीटाइजर विक्री हुने औषधी पसलमा पुगेर औषधी व्यवस्था विभागले गुणस्तरहिन प्रमाणीत गरेको स्यानीटाइजर नबेच्न आग्रह गरेको हो ।

अनुगमन टोलीले स्यानिटाइजर विक्रीमा राख्ने फार्मेसी, पोलिक्लिनिक, कस्मेटिक, होलसेल पसल तथा तरकारी पसलसम्म पुगेर विक्रेतालाई विक्री नगर्न र पसलमा रहेका ग्राहकलाई खरिद नगर्न आग्रह गर्दै गुणस्तरहिन स्यानिटाइजरको विवरण उपलब्ध गराएको थियो ।

औषधी व्यवस्था विभागले बजारमा विक्री वितरणमा रहेका ह्यान्ड स्यानीटाइजरहरुको नमुना संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा तोकेको मापदण्ड विपरित विषाक्त रसायनको समावेश भएको पाइएकोले पाँच कम्पनीका स्यानीटाइजर गुणस्तरहिन प्रमाणित गरेको छ ।

विभागले नेपाल कायकल्पा उद्योगको स्टायर्ड ह्यान्ड स्नायनीटाइजर, हाइजेनिक सोप एन्ड केमिकलको स्टायर्ड ह्यान्ड स्यानीटाइजर ओर्जिनल, आधार केमिकल एन्ड फुट उद्योगको एड्भान्स ह्यान्ड न्यानीटाईजर, सर्जचिम चुम हर्बल प्रोडक्टको स्टायर्ड ह्यान्ड स्यानीटायजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्टको सूर्यमुखी ह्यान्ड स्यानीटाइजरलाई गुणस्तरहिन प्रमाणीत गरेको छ ।

बागलुङमा पनि विषाक्त रसायन मिश्रीत स्यानीटाइजर विक्री वितरण भएको हुन सक्ने सम्भावनलाई ध्यानमा राखेर बजार अनुगमन गरेको जिल्ला प्रशासन कार्यालय बागलुङका प्रशासकीय अधिकृत गणेश गौतमले जानकारी दिनुभयो ।

जिल्ला प्रशासनय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्च, च्याम्बर अर्फ कमर्स, बागलुङ नगरपालिका स्वास्थ्य शाखा, स्वास्थ्य कार्यालय, पत्रकार महासंघको टोलीले बजार अनुगमन गरेको थियो ।

‘बजारका अधिकांस मेडिकल र पसलको अनुगमन गर्दा गुणस्तरहिन सेनिटाईजर भेटिएन’ प्रशासकीय अधिकृत गौतमले भन्नुभयो–‘फेरि आउन पनि सक्छ, सबै सचेत बनौँ, अनुगमन निरन्तर रहन्छ ।’

मिथालोन मिश्रीत स्यानिटाईजरले स्वास्थ्यमा गम्भिर असर गर्ने हुँदा प्रयोगकर्ताले ध्यान दिनुपर्ने बागलुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले आग्रह गर्नुभएको छ । सोही क्रममा मास्कको प्रयोग नगर्नेलाई मास्क प्रयोग गर्न आग्रह गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *