बरेङमा आगालागी हुँदा एक घर जलेर नष्ट

आदर्श अनलाइन, बागलुङ
बरेङ गाउँपालिका वडा नम्बर ३ बाटाकाचौरमा एक घरमा आगालागी भएको छ ।

बुधबार राती आगो हुँदा सरस्वति विश्वकर्माको घर जलेर नष्ट भएको हाे । सरस्वतिले सासुससुरालाई फोन गरि बोलाएपछि आगोबाट बच्न सफल भएको बताउनुभयो ।

सासुससुरा आएर हेर्दा ढोकाबाहिरबाट चुक्कल लगाएर आगो लगाईदिएको पाईएको छ । त्यसलगतै छिमेकीहरु आएर उद्धार गरेकोले मानवीय क्षति नभएको वडा सदस्य पृथ पुनले जानकारी दिनु भयो ।

सरस्वतिको परिवारमा सासुससुरा सहित ३ जना रहेको बताईएको छ । घर जलेर नष्ट हुँदा नगद १० हजर रुपैयाँ सहित करिब १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरी चौकी नयाँ बजारका असई कृष्ण अधिकारीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *