गाउँपालिकाको भवन निर्माण गर्दै निसीखोला

डम्मर बुढा मगर, बागलुङ
लामो समयसम्म भाडामा घर लिएर कार्यालय संचालन गर्दै आएको निसीखोला गाउँपालिकाले आफ्नै भवन निर्माण गर्न थालेको छ ।

गाउँपालिकाले गत वर्ष ६ कोठे ट्रस्ट भवन निमार्ण गरेर कार्यालय संचालन गरेको गदै आएको छ त्यसभन्दा अगाडी भाडा तिरेर ६ वटा घरबाट भाडामा लिएर कार्यालय संचालन गर्दै आएको थियो । अहिले पनि पालिकाका केही शाखाहरु भाडा तिररे स्थानीयको घररमा संचालनमा छन् ।

गत वर्ष गाउँपालिकाले ६५ लाखको ८ कोठे ट्रस्ट भवन निर्माण गरेर कार्यालय सुरु गरेको थियो । आगामी असार मसान्तसम्म सक्ने गरि नयाँ पक्की भवन निर्माण सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरलाल शाक्यले जानकारी दिनुभयो ।

नयाँ भवन निर्माणका लागि बुधबार शिलन्यास गरिएको छ । भवन निर्माणको लागि गण्डकी प्रदेश सरकारले १ करोड र गाउँपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत शाक्यको भनाई छ ।

भवन ७ वटा कोठासहितको भन्ने छ । जसमा एउटा सभा हल हुने छ । भवन निर्माणको लागि सातबिसे कन्ट्रक्सनले ८७ लाख ७८ हजार ४ सय १९ मा ठेक्का सम्झौता गरेको शाक्यले जानकारी दिनुभयो । भवन आगमी असार मसान्तसम्म सकिने बताइएको छ ।

गाउँपालिका अध्यक्ष तारानाथ पौडेलले पर्याप्त भवन नहुँदा विभिन्न शाखाहरु एउटै कोठामा राखेर काम गर्नु पर्ने बाध्यता रहेको भन्दै भवन निमार्ण पश्चात सहज हुने बताउनुभयो ।

‘अहिले गाउँपालिकामा पर्याप्त भवन नहुँदा कृषि, स्वास्थ्य लगायतका विभिन्न शाखाहरु एउटै कोठाबाट संचालन गर्दै आएका छौँ यसले गर्दा निकै समस्या भएको छ,’ अध्यक्ष पौडेलले भन्नुभयो ‘घर भाडामा लिएर समेत कार्यालय संचालन गरेका छौँ अहिले भवन निर्माण गर्न थालेका छौँ केही सहज होला ।’ अहिले पनि गाउँपालिकाले ३ वडा घर भाडामा लिएर विभिन्ना शाखा संचालन गर्दै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *