बुर्तिबाङमा कोरोना अस्पताल संचालन

आदर्श अनलाइन, बागलुङ
बुर्तिबाङमा कोभिड–१९ अस्थायी अस्पताल संचालन भएकाे छ । बिहिबारदेखि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ५ शैयाको अस्पाताल सञ्चालन भएकाे हाे ।

कोरोना अस्पतालको लागि १ जना मेडिकल अधिकृत, २ जना नर्स र १ जना कार्यलय सहयोगी राखिएको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताउनुभयो ।

अस्पतालका लागि नेपाल सरकारले ५ लाख बराबरको औषधी उपकरण र अस्पतालमा आवश्यक थप स्वास्थ्य सामग्रीका ५ लाख छुट्याएको मल्लको भनाई छ ।

स्वास्थ्य केन्द्रमा बुधबारदेखि दन्त सेवा र आँखा उपचार सेवा सुरु भएको छ । यी सेवाहरु प्राथमिक स्वास्थ्य केन्द्रमा सुरु भएपछि यस क्षेत्रका जनतालाई थप राहत मिल्ने अपेक्षा लिइएको छ ।

आँखा उपचारको लागि हिमालय आँखा अस्पताल पोखराले आवश्यक सामग्री सहयोग गरेको छ भने दन्त सेवाको लागि ढोरपाटन नगरपालिकाले सहयोग गरेको बताइएको छ ।

आँखाको उपचार र दन्त सेवा प्रवाहको लागि १/१ जना प्राबिधिक राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *